डण्डी उद्योगीहरुको २ धार, साहिल अग्रवालद्वारा पत्रकार सम्मेलन बहिष्कार

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Sep 13, 2021 | 02:41:50 PM मा प्रकाशित

mega bank

फलामे डण्डी उत्पादन गर्ने उद्योगीहरु स्पष्ट २ धारमा विभाजित भएका छन् । नेपाल स्टिल रोलिङ मिल एसोसियसनमा अध्यक्ष साहिल अग्रवाल र संस्थापक अध्यक्ष प्रदीप श्रेष्ठको समूह अलगअलग भएको आजको कार्यक्रमले पुष्टि गरेको छ ।

प्रतिस्थापन विधेयकमार्फत अर्थमन्त्री जनार्दन शर्माले स्पञ्ज आइरनको भन्सार र अन्तःशुल्क छुट दिने घोषणा गरेपछि एसोसियसनले आज यो विषय गलत भएको भन्दै पत्रकार सम्मेलनको आयोजना गर्यो । तर, पत्रकार सम्मेलनमा अध्यक्ष अग्रवाल उपस्थित भएनन् । 

अग्रवालसहित स्पञ्ज आइरन ल्याएर बिलेट बनाएर त्यसलाई पुनः प्रशोधन गरेर तयारी फलाम उत्पादन गर्ने ६ उद्योगका उद्योगीहरुले आजको पत्रकार सम्मेलन बहिष्कार गरेका हुन् ।

बिलेट आयात गरेर डण्डी उत्पादन गर्दै आएका उद्योगीहरु प्रदीप श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघका बस्तुगत उपाध्यक्ष अञ्जन श्रेष्ठ र किरणकुमार साखः लगायतले स्पञ्ज आयात गर्नेलाई भन्सार दर शून्य लगाईनु आफूहरु जस्ता २४ उद्योगलाई मर्कामा पार्ने नियत भएको आरोप लगाएका छन् । 

‘यो पोलीसी आएपछि हाम्रो अध्यक्ष एक पटक बोलेको सुन्नु भएको छ ?’ उपाध्यक्ष साखःले पत्रकारलाई प्रश्न गर्दै भने, ‘बोल्नुपर्ने त उहाँ हो नि, उहाँ नबोलेपछि मेजरीटि साथीहरुले पत्रकार सम्मेलन गर्ने निर्णय गर्यौ, उहाँ नबोलेपछि हामी बहुमत सदस्यहरु बोल्न बाध्य भयौँ ।’

संस्थापक अध्यक्ष प्रदीप श्रेष्ठले भने आइतबार बेलुका नै आफूले सोमबार यस विषयमा पत्रकार सम्मेलन गरौँ भनेर अग्रवालसँग फोनमा कुराकानी गरेको तर अग्रवालले आफू उपस्थित हुन नभ्याउने जवाफ दिएको बताएका छन् ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved