पत्रकार सम्मेलन गर्ने समूहलाई डण्डी उत्पादक संघको संस्थापन पक्षको ‘काउण्टर’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 13, 2021 | 06:54:25 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल रोलिङ्ग मिल्स एशोसिएसनले सरकारले बजेट प्रतिस्थापन विधेयकमार्फत नेपालभित्रै डण्डी उत्पादनलाई प्रोत्साहन गर्ने नीति लिएको भन्दै स्वागत गरेको छ । 

नयाँ प्रावधानले स्वदेशी उत्पादन बढाउन र देशभित्र औद्योगिक वातावरण बनाउन सहयोग गर्ने संघको संस्थापन पक्षको दाबी छ ।

एशोसिएसनले स्वदेशभित्रै विलेट उत्पादन गर्न कच्चा पदार्थ स्पन्ज आइरन आयातमा लाग्दै आएको भन्सारलाई शुन्यमा झार्नु स्वागत योग्य कदम भएको जनाएको छ । यसले देशभित्रै कच्चा पदार्थ मार्फत विलेट उत्पादन गर्न र सो बिलेटमार्फत स्वदेशमा नै डण्डी उत्पादन गर्न सकिने तथा यसो हुँदा देशभित्रै लगानी बिस्तार गर्न, भविश्यमा निर्यातको वातावरण बनाउन र स्वदेशमा नै रोजगारी सिर्जना गर्न सहयोग गर्ने संघको आधिकारिक भनाई छ । 

नयाँ व्यवस्थाले स्वदेशभित्र उत्पादन भईरहेको विद्युतको खपतलाई पनि सहयोग गर्ने एसोसियसनले जनाएको छ । आगामी दिनमा स्वदेशी डण्डी उद्योगहरुले नयाँ आयोजनाबाट उत्पादन हुने ३ हजार मेगावाट विद्युतलाई खपत गर्न समेत सहयोग पुर्याउने दाबी गरिएको छ ।

‘विद्युत खपत गर्ने मात्र नभई यसले हाल स्टील उद्योगमा उपयोग गर्नुपर्ने फर्नेस आयल आयातमा भारत र अन्य मुलुक जाने गरेको करिब ४.५ अर्ब रुपैयाँ समेत स्वदेशभित्रै रहनेछ र यसले अन्य उद्योगहरुमा थप लगानी गर्न सकिनेछ’ संघले भनेको छ ।

हाल नेपालमा करिब १६ लाख टन वार्षिक विलेट उत्पादनको क्षमता छ । जडित क्षमताको ८० देखि ९५ प्रतिशतसम्म उत्पादन हुनेगरी उद्योग संचालन गर्न सकिने र छिटै १० लाख टन बिलेट उत्पादन हुनेगरी उद्योग बिस्तार तथा योजना बनाउन सकिने पनि एसोसियसनको दाबी छ ।

कच्चा पदार्थबाहेक समग्र सामग्री स्वदेशभित्रै उत्पादन गर्न सकिएको खण्डमा यसले ग्राहकहरुले किन्ने डण्डीको लागत घट्ने र ग्राहकरुलाई समेत सस्तो पर्ने संघले भनेको छ ।

‘यस नेपाल रोलिङ्ग मिल्स एशोसिएसनको नाममा केहि समूह तथा व्यक्तिहरुले अनधिकृतरुपमा पत्रकार सम्मेलन गरी भ्रम सिर्जना गर्ने काम गरेकोमा यस एशोसिएसनको गंभिर आपत्ति रहेको छ’ संघले भनेको छ, ‘एशोसिएसनको नाममा त्यस्ता गतिबिधिहरु नगर्न र कसैले पनि सो बारेमा भ्रामक धारणा नबनाउन हार्दिक अनुरोध गर्दछौं ।’

तथ्यगत आधारहरुः

१) नयाँ यो व्यवस्थाबाट ६ अर्ब रुपैयाँ हाराहारी लगानी थपिने र स्वदेशभित्र थप ३ हजार रोजगार सिर्जना हुनेछ ।

२)  लगानी थपिएसँगै उद्योगको क्षमता बिस्तार हुने र तत्कालै २२० मेगावाट विद्युत खपत हुने । जसबाट नेपाल विद्युत प्राधिकरणको घाटा न्यून हुने ।

३) बिलेट उत्पादन गर्ने ठूला उद्योगले तत्कालै उत्पादन क्षमता बढाउने । 

४) डेढ करोड लिटर फर्नेस आयलको खपत घटाई विद्युतले प्रतिस्थापन गर्दा स्वदेशी पूँजी बचत हुने । यसले कुल ४५० करोड रुपैयाँ बचत हुने ।

५) डण्डीको मूल्य प्रति किलोग्राममा तत्काल ३ रुपैयाँसम्म घट्नसक्ने र प्रत्यक्ष ग्राहकहरुलाई फाईदा हुने ।

६) नेपालमा उत्पादन हुने डण्डीहरु सरकारले तोकेको मापदण्डअनुसार पूर्णरुपमा गुणस्तर नियन्त्रण गरी नेपाली उद्योगहरुले स्वदेशभित्रै उच्चस्तरीय डण्डी उत्पादन गर्दै आएको ।

७) स्वदेशमा उत्पादन हुने डण्डीहरुमा मूल्य अभिवृद्धि हुने, औद्योगीक वातावरण तयार पार्ने। आगामी दिनमा स्वदेशी उत्पादन निर्यात गर्न सहज प्रतिस्पर्धात्मक वातावरण तयार पार्ने ।

८) आयात घटेसँगै वैदेशिक मुद्रा बचत गर्दछ र यसले व्यापारघाटा कम गर्ने । कुल वैदेशिक मुद्रामा ३,०५० करोड रुपैयाँ बचत हुने ।

९) स्वदेशमा नै उत्पादन वृद्धि भएपछि डण्डीको लागि बिलेट आयातमा कमी हुनेछ र यसले परनिर्भरता समेत घटाउँदै स्वदेशी उत्पादनको प्रयोगलाई बढावा दिने ।

१०) अहिले कुल बिलेट आयात ११ लाख ७६ हजार ५४६ मेट्रिक टन हुने गरेको ।

११) हाल १६ लाख ६ हजार २३५ मेट्रिक टन डण्डी उत्पादन हुने गरेको ।

१२) वर्तमान ईआईएफ बिलेट क्षमता १४ लाख २२ हजार ३०० मेट्रिक टन ।

१३) ईआईएफ बिलेट न्यून क्षमता ५ लाख २८ हजार मेट्रिक टन ।

१४) कुल बिआईएफ बिलेट क्षमता ४ लाख १९ हजार ४१६ मेट्रिक टन ।

१५) कुल बिआईएफ बिलेट खपत ११ लाख ८६ हजार ८२० मेट्रिक टन ।

१६) प्रभावित हुने बिलेट नभएका उत्पादकहरु १३ ओटा कम्पनी ।

१७) स्थानिय तहमा प्रभावित हुने शुल्क २ लाख २२ हजार ९७१ रुपैयाँ ।

१८) बिलेट उत्पादकहरु १३ ओटा कम्पनी ।

१९) कुल ग्राहस्थ उत्पादनमा ०.९ प्रतिशतदेखि १ प्रतिशतसम्म योगदान 

२०) यसले धौवादीमा रहेको फलाम खानी तथा स्थानिय कच्चा पदार्थको उपयोग गर्न सकिने ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved