प्रभावकारी बन्दै वृज सिमेन्टको एक्सपर्ट मेशन क्लबः सदस्यको परिवारलाई ५ लाख सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 17, 2021 | 04:21:39 PM मा प्रकाशित

laxmi  sunrise bank

वृज सिमेन्ट इण्डष्ट्रिजको वृज एक्सपर्ट मेशन क्लब प्रभावकारी बन्दै गएको छ । क्लवमा आवद्ध सदस्यलाई घरले च्यापिएर मृत्यु भएका मृत्यु भएपछि परिवारलाई कम्पनीले ५ लाख आर्थिक सहयोग गरेको छ । 

जेठ ८ गते क्लबका सदस्य  प्युठान जिल्ला नौबहिनी गाउँपालीका १ स्याउली वाङका ३९ वर्षिया बोम बहादुर मल्लकी श्रीमती र छोरा गरी ३ जनाको घटनास्थलमै मुत्यु भएको थियो । सोही परिवारलाई वृज सिमेन्टले ५ लाख रुपैया विमा बापतको रकम हस्तान्त्रण गरेको हो । 

कम्पनीका एरिया सेल्स म्यानेजर नारायण जि.सी.ले मृतककी छोरी कुमारी मल्ललाई ५ लाखको चेक हस्तान्तरण गरेका हुन् । वृज सिमेन्ट इण्डष्ट्रिजले वृज सिमेन्ट एक्सपर्ट मेसन क्लब स्थापना गरी क्लबमा आवद्व सदस्यहरुको ५ लाख बराबरको बिमा योजना अगाडी बढाएको छ । 

देशका विभिन्न स्थानहरुमा एक्सपर्ट मिट कार्यक्रम गर्दै निर्माणक्रर्मीलाई “एक्सपर्ट मेशनक्लब”मा आवद्ध गरेर विमा सहितका थप सुविधाहरु प्रदान गर्दै आएको वृज सिमेन्ट कम्पनीका सेल्स म्यानेजर नुमेन्द्र पौडेलले जानकारी दिए । पौडेलले कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्वको भुमिका निर्वाह गर्न र निर्माणकर्मीको परिवारको पनि सुरक्षाको जिम्मेवारीको महशुस गरी कार्यक्रम ल्याएको बताए । 

उक्त कार्यक्रमलाई अझैं प्रभावकारी र फलदायिक बनाउनको लागि कम्पनीले “एक्सपर्ट मेशनक्लब”मा आवद्ध निर्माणकर्मी साथीहरुलाई उपहारसहित पास बुक बितरण गरेको छ । यस योजना अन्तर्गत वृज सिमेन्ट इण्डष्ट्रिजका कुनै पनि उत्पादनहरु खरिद गरी योजनामा सहभागी हुन सकिनेछ । 

कम्पनीले हालै ल्याएको एक्सपर्ट मेसन क्लब योजनाबारे जानकारी दिनकालागि देशकाविभिन्न स्थानहरुः काठमाडौँ, भक्तपुर, ललितपुर, बनेपा, चरिकोट, धादिङ, त्रिशुली, आबुखैरेनी, लमजुङ, पोखरा, दमौलीवालिङ, नारायणघाट, भैरहवा, अर्घाखाँची, गुल्मी, पाल्पा, कुश्मा, जीतपुर, शीतलनगर, बुटवल, स्याङ्जामा कार्यक्रम सञ्चालन गरिएको थियो । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved