आगोको लप्कामा दन्किएको ४४ दिनमै उठ्यो नेबिको, थाल्यो उत्पादन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 22, 2021 | 04:43:58 PM मा प्रकाशित

laxmi  sunrise bank

आगलागीका कारण उद्योग जलेपछि बन्द भएको नेबिको बिस्कुटले पुनः उत्पादन सुरु गरेको छ । साउन २३ गते आगलागी हुँदा कच्चा पदार्थ, मेशिन लगायतका सामान जलेर बन्द भएको उद्योग मंगलबारबाट पुनः सञ्चालनमा आएको हो । 

उद्योग बन्द भएको ४४ दिनभित्रै सञ्चालनमा आएको छ । कार्यकारी निर्देशक राजेश रौनियारले व्यवस्थापन पक्षले निकै डटेर काम गरेको परिणाम स्वरुप उद्योग ४४ दिनमै सञ्चालनमा आएको हो । नेपाल चिनाउने ब्राण्ड पनि भएकाले लामो समय बन्द गर्नु हुँदैन भन्ने अभियानले आज सार्थकता पाएको उनको भनाई छ  । 

बालाजु औद्योगिक क्षेत्र भित्रको उद्योग बन्द भएपछि दैनिक १६ घण्टा मात्रै चल्दै आएको भैरहवाको उद्योगबाट २४ सै घण्टा उत्पादन गरेर बजारमा नेबिको बिस्कुट आईरहेको छ भन्ने सन्देश दिने काम पनि उद्योगले यो बीचमा गरेको थियो । 

यसअघिः
नेबिको बिस्कुटः ११ घन्टा दन्किएको आगोले ६ दशकको ब्राण्ड जोखिममा

कार्यकारी अधिकृत केशव भट्टराईका अनुसार २० देखि २२ करोडको क्षति भएको अनुमान उद्योगको छ । कच्चापदार्थ मात्रै १२ करोडको क्षति भएको र १० करोडको मेशिनरी तथा भौतिक क्षति भएको अनुमान गरिएको उनको भनाई छ । अहिले क्षतिको भ्यालुयसनको काम भईरहेको छ । 

बालाजुको उद्योग आजबाट सञ्चालनमा आएपनि तत्काल पूर्ण क्षमतामा भने सञ्चालन भने हुन सकेको छैन । अहिले कुल क्षमताको ८० प्रतिशत मात्रै उत्पादन थालिएको छ ।

उद्योगले वार्षिक १ अर्ब २० करोडको कारोबार गर्दै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved