सुनकोसी-३ आयोजनाबारे प्रभावित जिल्लामा आजदेखि सार्वजनिक सुनुवाई, कहाँ कहिले ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 26, 2021 | 08:29:15 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले सुनकोसी-३ जलविद्युत आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन अध्ययन प्रतिवेदन तयारीका लागि आज असोज १० गतेदेखि प्रभावितहरुको राय सुझाव लिन सार्वजनिक सुनुवाई सुरु गर्दिया छ । ऊर्जा, जलस्रोत तथा सिचाइ मन्त्रालय अन्तर्गतको विद्युत विकास विभागले प्रस्ताव गरको यस आयोजनाको लागि ४ वटै जिल्लामा सार्वजनिक सुनुवाई हुने छ । 

विभागले यस आयोजनाबाट प्रभावित हुने जिल्लाहरु सिन्धुपाल्चोक, काभ्रे, रामेछाप र सिन्धुलीमा सार्वजनिक सुनुवाई गर्न लागेको हो । विभागले आज असोज १० गतेदेखि १६ गतेसम्म सार्वजनिक सुनुवाईको  लागि मिति तोकेको छ । वातावरण संरक्षण नियमावली, २०७७ को नियम ६ बमोजिम आयोजना कार्यान्वयन प्रभावित हुने गाउँपालिका वा नगर पालिकामा वातावरणीय प्रभाव मूल्याङ्कन (EIA) अध्ययन प्रतिवेदन तयारीका सिलसिलामा प्रस्तावको कार्यन्वयनबाट प्रभावित हुने क्षेत्रमा प्रस्तावको बारेमा राय-सुझाव लिनको लागि सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरिएकोविभागले जनाएको छ । सार्वजनिक सुनुवाईमा उठेका वातावरणसंग सम्बन्धित विषयहरू वातावरण प्रभाव मूल्याङ्कन प्रतिवेदनमा समावेश गरिने हुँदा उक्त सार्वजनिक सुनुवाई कार्यक्रममा उपस्थित भई आफ्नो राय-सुझाब दिन सरोकारवाला सबै व्यक्ति तथा संस्थाहरूलाई विभागले आग्रह गरेको छ।

जलाशयमा आधारित सनकोसी-३ जलविद्यत आयोजना (६८३ मेगावाट) वागमती प्रदेशको सिन्धपालल्चोक, सिन्धली, काभ्रेपलान्चोक र रामेछाप जिल्लाको सिमाना भएर बग्ने सुनकोसी नदीमा प्रस्ताव गरिएको छ । आयोजनाका लागि ५३८ मिटर लामो र १८० मिटर अग्लो बाँध तेमाल गाउपालिका वडा नम्बर ९ र खाडादेवी गाउँपालिका वडा नम्बर १ को सिमाना लुभुघाट नजिक प्रस्ताव गरिएको छ । बाँध बाट ०.५३ कि.मि. लामो र ९ मि. व्यास भएको सुरूङ्ग मार्गबाट काभ्रेपलान्चोक जिल्लाको तेमाल गाउँपालिका वडा न. ९ भण्डारीवेसी नजिक विद्यतगहमा पानी लगि विद्युत उत्पादन गर्ने प्रस्ताव गरिएको छ।

 आयोजनाको लागि नेपाल सरकारका प्रस्तावमा बङ्गलादेश सरकारले आउँदो डिसेम्बरमा आयोजना निर्माणस्थल काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रामेछाप र सिन्धुली जिल्लाको सिमाना भएर बग्ने सुनकोशी नदीअन्तर्गत काभ्रेपलाञ्चोक र रामेछाप जिल्लाकोे भ्रमण गर्ने सहमति जनाएको बताइएको छ । नेपाल र बङ्गलादेशबीच ऊर्जा सहकार्यका लागि गठित सचिवस्तरीय संयुक्त सञ्चालन समिति (जेएससी)को बैठकले उक्त आयोजना निर्माण गर्ने प्रस्ताव अनुमोदन गरेको थियो । प्रस्तावित आयोजना निर्माणस्थल सङ्घीय राजधानी काठमाडौँबाट ६० किलोमिटरको दूरीमा छ ।

हेर्नुस सार्वजनिक सुनुवाईको तालिका : 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved