हाइड्रो कम्पनीहरुले बोनस बितरण गर्नु अघि आयोगको स्वीकृति लिनु पर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 26, 2021 | 06:20:29 PM मा प्रकाशित

laxmi  sunrise bank

हाइड्रो कम्पनीहरुले बोनस बितरण गर्नु अघि विद्युत नियमन आयोगको स्वीकृति लिनु पर्ने भएको छ। आयोगले 'विद्युतसम्बन्धी कम्पनीको शेयरको सार्वजनिक निष्कासनको पूर्वस्वीकृति तथा नियमनसम्बन्धी निर्देशिका, २०७८' स्वीकृत गर्दै यस्तो ब्यबस्था गरेको हो ।

आयोगको असोज ६ गतेको बैठकले स्वीकृत गरेको निर्देशिका अनुसार शेयर संरचनामा पाँच प्रतिशतभन्दा बढी परिवर्तन हुने भएमा आयोगको पूर्व स्वीकृति लिनु पर्नेछ । साथै कम्पनीले शेयरधनीलाई बोनस शेयर प्रदान गर्दा आयोगमा जानकारी दिनु पर्नेछ । ५ प्रतिशत भन्दा बढी बोनस शेयर प्रदान गर्दा सो वापत प्राप्त हुने पूँजीको लगानी विवरण आयोग समक्ष पेस गर्नु पर्ने ब्यबस्था पनि आयोगले गरेको छ ।

निर्देशिकामा आयोगले विभिन्न शर्त तोकेर हाइड्रो कम्पनीले हकप्रद निष्काशन गर्ने सक्ने ब्यबस्था गरेको छ । आयोगले आयोजना निर्माणको लागि र निर्माणाधीन आयोजनको लागि हकप्रद निष्काशन गर्न सक्ने बाटो खुला राख्दै विभिन्न शर्त तोकेको छ । 

यो पनि : हाइड्रो कम्पनीले २ सय प्रतिशतसम्म हकप्रद निष्काशन गर्न पाउने, यस्तो छ आयोगको निर्णय

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved