नेपाली जुत्ता चप्पलमा युवाहरुको बढ्दो आकर्षण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 17, 2021 | 01:24:30 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली जुत्ता चप्पललाई कुनै समय नेपाली भन्दा बिक्रि नहुने खतरा थियो । स्वदेशमै बनेका जुत्ता चप्पललाई पनि केही व्यापारीले बिक्रि नहुने जोखिम देखेर विदेशी भनेर बिक्रि गर्थे । तर, अहिले समय फेरिएको छ । राष्ट्रियताप्रति प्रतिवद्ध युवाहरुको जमात अहिले खोजी खोजी स्वदेशी जुत्ता चप्पल लगाउछन् । 

भृकुटीमण्डपमा जारी जुत्ता चप्पल ब्यापार मेलामा पनि युवा पुस्ताको उल्लेख्य सहभागीता रहेको आयोजक फुटवेयर म्यानुफ्याक्चरर्स एसोसियसनको भनाई छ ।

जुत्ता चप्पलमा नेपाल आत्मनिर्भर उन्मुख छ भनेर भनिएको २ वर्ष पुग्यो । गत आर्थिक वर्ष २०७७÷०७८ को नीति तथा कार्यक्रममा स्वदेशी उत्पादनको प्रयोगलाई प्राथमिकतामा राख्ने रणनीति अनुसार सबै सुरक्षा निकायलाई स्वदेशी पोशाक र जुत्ता प्रयोग गर्न लगाईने भनिएको थियो । तर, १६ महिना बितिसक्दा पनि यो नीति कार्यान्वयन भएन ।

युवाले आशा जगाए

२०७२ सालमा नेपालले संविधान जारी गरेपछि भारतले ६ महिना लामो नाकाबन्दी लगायो । त्यस बेलादेखि नेपालीहरुमा आत्मनिर्भर बन्नुपर्छ भन्ने चेतनाको विकास मात्रै गरिदिएन, भारत प्रतिको नेपालीको दृष्टिकोण नै नकारात्मक बनाईदियो । जसको फाइदा नेपाली उद्योगले पाउन थालेका छन् ।

उत्पादनका क्षेत्रमा लाग्ने जनशक्ति कम भएपनि स्वदेशी उत्पादनको प्रयोग गर्नुपर्छ भन्ने चेतना जागृत गराउन भारतको नाकाबन्दीले ठूलो प्रभाव पारेको ब्ल्याक हर्स इन्डष्ट्रिजका सञ्चालक चिन बहादुर श्रेष्ठ बताउँछन् । कच्चा पदार्थमा परनिर्भरता कायम नै रहेपनि युवाहरुमा स्वदेशी उत्पादनप्रति लगाव बढेको फुटवेयर म्यानुफ्याक्चरर्स एसोसियसनका अध्यक्ष कृष्णकुमार फुयाल बताउँछन् ।

‘नेपाली प्रोडक्ट प्रयोग गर्नुपर्छ भन्ने युवाहरु बढेका छन्’ श्रेष्ठ भन्छन्, ‘अहिलेका पुस्ताहरुलाई लुक्स राम्रो चाहिन्छ, भने जस्तो लुक्स दिन सक्ने हो भने जुत्ता चप्पल बाहिरबाट ल्याउनुपर्ने बाध्यता हुँदैन ।’

अहिले विभिन्न समयमा हुने जुत्ता चप्पल मेलामा पनि युवा पुस्ताकै बढी आकर्षण देखिन्छ ।

जुत्ता चप्पल उद्योगमा ५० हजार जनशक्ति खपत भएको छ । यी मध्ये ५० प्रतिशत बढी विदेशी छन् । नेपालमा दक्ष जनशक्ति नहुँदा विदेशबाट कामदार ल्याएर उद्योग चलाउनुपर्ने बाध्यता छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved