मारुती सिमेन्ट गुणस्तरहीन, बजारबाट सबै सिमेन्ट फिर्ता गरिँदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 18, 2021 | 03:28:24 PM मा प्रकाशित

laxmi  sunrise bank

मारुती सिमेन्ट गुणस्तरहीन पाईएको छ । तोकिएको गुणस्तरविपरीत सिमेन्ट उत्पादन गरेर बिक्रि गरेको पाईएपछि नेपाल गुणस्तर तथा नापतौल विभागले मारुती सिमेन्टलाई कारबाही गरेको हो ।

विभागले मारुती सिमेन्ट, सिराहालाई ओपीसी ४३ ग्रेडको सिमेन्ट बिक्री वितरणमा रोक नै लगाएको छ । यसअघि पनि गुणस्तरहीन सिमेन्ट उत्पादन गरेको भन्दै कारबाहीमा परेको मारुती सिमेन्टले विभागको निर्देशन नै अटेर गर्दै पुनः कारबाही भोग्न बाध्य भएको हो ।

यसअघि मारुती सिमेन्टले आफूले नलिएको गुणस्तर चिन्ह (एनएस) लिएको भन्दै गलत विज्ञापन गरेको थियो । यस विषयमा उजुरी परेपछि कारबाही भोगेको मारुतीले फेरि अर्को बद्माशी गरेको विभागले जनाएको छ । 

विभागले कम्पनीबाट उत्पादित सिमेन्ट प्रयोगमै रोक लगाएको छ । विभागले मारुती सिमेन्ट कम्पनीबाट उत्पादित ४३ ग्रेडको ओपीसी सिमेन्ट प्रयोग नगर्न र बजारमा पठाइएका सबै सिमेन्ट फिर्ता लिन निर्देशन दिएको छ ।

विभागले संकलन गरेको नमूना परीषण गर्दा कम्प्रेसिभ स्ट्रेन्ज्थ (एमपीए) ७ र २८ दिनको मान क्रमशः ३३ र ४३ हुनुपर्नेमा ३१ र ३७ मात्रै पाईएको थियो । नेपाल गुुणस्तर ५७२ बमोजिम नभएपछि विभागले सम्पूर्ण सिमेन्ट बजारबाट फिर्ता लिन र १५ दिनभित्र स्पष्टीकरण दिन निर्देशन दिएको हो ।

यसअघि २०७६ असारमा पनि नेपाल गुणस्तर तथा नापतौल विभागले गुणस्तरहीन सिमेन्ट उत्पादन गरेको भन्दै मारुती सिमेन्टलाई कारबाही गरेको थियो । त्यस समयमा अधिकतम ५ प्रतिशतसम्म म्याग्नेसियम हुनुपर्नेमा नाप जाँचका क्रममा तोकिएभन्दा बढी पाईएको थियो । ५ प्रतिशतभन्दा बढी म्याग्नेसियम भएको सिमेन्ट गुणस्तरहीन मानिन्छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved