
शिवम् सिमेन्टले देशका विभिन्न स्थानहरुमा दक्ष प्राविधिकद्वारा निर्माणकर्मीहरुसँग परामर्श तथा अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । सो अन्र्तक्रिया कार्यक्रममा भवन निर्माण सम्बन्धी प्राविधिक परामर्श प्रदान गर्नुका साथ साथै हरेक सहभागि निर्माणकर्मीहरुको लागि ५ लाख बराबरको दुर्घटना विमा गरी विमा पोलिसी सोही कार्यक्रम मार्फत हस्तान्तरण गरेको थियो ।
दैनिक निर्माण कार्यमा खटिने निर्माणकर्मीहरु हरेक दिन जोखिमपुर्ण कार्यहरु गर्दै आईरहेको र उक्त जोखिमलाई मध्यनजर राख्दै शिवम् सिमेन्टले निर्माणकर्मीहरुको लागि निःशुक दुर्घटना विमा योजना ल्याएको जनाएको छ ।
देशका विभिन्न स्थानमा सम्पन्न प्राविधिक अन्तक्रिया कार्यक्रममा शिवम् सिमेन्टले सहभागी हरेक निर्माणकर्मीहरुको लागि ५ लाख बराबरको जोखिम बहन गर्ने गरी विमा गरेको थियो ।
पहिलो चरण अन्र्तगत हालसम्म काठमाडौं, मकवानपुर, पर्सा, रौतहट, जनकपुर, महोत्तरी जिल्ला लगायतका विभिन्न १६ स्थानमा १ हजार भन्दा बढि निर्माणकर्मीहरु संग प्राविधिक अन्तक्रिया गरी उनीहरुको जोखिम विमा गराई सकेको कम्पनीले जनाएको छ ।