हस्तकला व्यापार मेला सुरु, स्टल राखेरै नबिल बैंकले दियो सेवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 19, 2021 | 05:34:32 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौंको बौद्धस्थित हायात रिजेन्सी होटलमा १८ औं हस्तकला व्यापार मेला तथा १६ हस्तकला प्रतियोगिता सुरु भएको छ । नेपाल हस्तकला महासंघले आयोजना गरेको उक्त मेलाको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका हुन् । 

कार्यक्रममा प्रधानमन्त्री देउवाले हस्तकलाको व्यापार, निकासी र राजश्वसम्बन्धी समस्यालाई समाधान गर्न सरकार तयार रहेको बताएका छन् । नेपाली हस्तकलामा आधुनिकता थप्न सके यसप्रति अन्तराष्ट्रिय समुदायको थप आकर्षण बढ्ने भन्दै त्यसतर्फ लाग्न सुझाव समेत दिए । 

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नेपाली पहिचान र संस्कृति झल्कने हस्तकला विदेशमा निर्यात गरी विदेशमा समेत नेपाली चिनारीको प्रचार भएको बताए । अहिले विश्वका ८० देशमा नेपाली हस्तकलाको निर्यात हुँदै आएको उनको भनाइ छ ।

आजबाट सुरु भमएको उक्त मेला आइतबारसम्म चल्नेछ । 

मेलाको बैंकिङ पार्टनर नबिल बैंक छ । नबिल बैंकले मेला आयोजना भएकै स्थानमा स्टल राखेरै सेवा दिएको छ । बैंकले क्यूआर कोड पनि वितरण गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved