सातौँ उद्योग दिवसः ७ प्रदेशका ७ उद्यमी सम्मानित

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Nov 25, 2021 | 02:30:12 PM मा प्रकाशित

laxmi bank

आज सातौँ उद्योग दिवस । उद्योग मन्त्रालयले ७ प्रदेशका ७ उद्यमीलाई सम्मान गरेको छ । लघु तथा घरेलु उद्यमीहरुलाई विभागले सम्मान गरेको हो । 

सम्मानित हुनेहरुमा प्रदेश नम्बर १ बाट धनकुटाकी पुष्पादेवी लिम्बु, प्रदेश नम्बर २ बाट सिराहाकी पार्वतीकुमारी चौधरी र बागमती प्रदेशबाट चितवनकी बुद्धिमाया घले रहेका छन् । त्यस्तै गण्डकी प्रदेशबाट तनहुँका मोहनकुमार सुनार, लुम्बिनी प्रदेशबाट नवलपरासीकी कल्पीकुमारी चौधरी, कर्णाली प्रदेशबाट सुर्खेतका ऐनबहादुर शाही र सुदूरपश्चिम प्रदेशबाट बाजुराका अम्बरबहादुर खड्का पनि सम्मानित भएका छन् । 

कार्यक्रममा सहभागीले महिला उद्यमी र लघु घरेलु उद्यमीले सहजै पाउनुपर्ने कर्जा सुविधा नपाएको गुनासो गरेका छन् ।

घरेलु तथा साना उद्योग महासंघका कोषाध्यक्ष सत्यनारायण प्रजापतिले बैंक तथा वित्तीय संस्थाहरुले राष्ट्र बैंकले तोकेको कर्जा पनि नदिने गरेको गुनासो गरे । उनले महासंघको तथ्यांकमा २ लाख ४७ हजार घरेलु तथा साना उद्योग सञ्चालनमा रहेको भएपनि १ हजारले मात्रै कर्जा सुविधा पाएको बताए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved