दुगड समूहको स्वस्तिक आयल बन्यो उत्कृष्ट निर्यात कम्पनी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 03, 2021 | 06:08:06 PM मा प्रकाशित

laxmi  sunrise bank

के.एल. दुगड समूह अन्र्तगतको स्वस्तिक आयल इण्डष्ट्रिजलाई आर्थिक वर्ष २०७७÷७८ मा मोरङ सुनसरी औद्योगिक कोरिडोरबाट सर्वाधिक निर्यातका रुपमा सम्मान गरिएको छ ।

मुलुकको व्यापार घाटा न्युनीकरण एवम् अर्थतन्त्रमा महत्वपूर्ण योगदान पु¥याइ उत्कृष्ट निर्यातकर्ता भएकोमा मोरङ व्यापार संघले कम्पनीलाई सम्मान गरेको छ । संघले उक्त सम्मान आफ्नो ६५ औँ वार्षिक साधारणसभामा अर्थमन्त्री जनार्दन शर्माबाट स्वस्तिक आयल इण्डष्ट्रिजका संचालक विकास दुगडलाई प्रदान गरेको हो ।

स्वस्तिक आयल इण्डष्ट्रिज प्रा.लि.ले स्वस्तिक सोयाबिन तेल, धारा हेल्थ सनफ्लावार तेल, सनफ्लो सनफ्लावार तेल जस्ता गुणस्तरीय तथा लोकप्रिय तेलहरु उत्पादन गरि बिक्रि–वितरण गर्दै आईरहेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved