शिवम् सिमेन्टद्वारा प्रदेश २ का १ हजार निर्माण कर्मीहरुको जोखिम बीमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 26, 2021 | 02:45:27 PM मा प्रकाशित

laxmi  sunrise bank

शिवम् सिमेन्टले २ नं. प्रदेश अन्तर्गत पर्ने विभिन्न जिल्लाहरुका १२ स्थानमा निर्माण कर्मीहरुसँग प्राविधिक अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । 

सो अवसरमा शिवम् सिमेन्टले १ हजार बढी निर्माण कर्मीहरुको ५ लाख बराबरको जोखिम बीमा पनि गराएको छ । दुर्घटना बीमा गरी बीमा पोलिसी सोही कार्यक्रम मार्फत हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ ।

देशका विभिन्न स्थानहरुमा शिवम् सिमेन्टले २५ सय बढी  निर्माण कर्मीहरुसंग निर्माण विज्ञ परामर्श सेवा तथा हरेक निर्माण कर्मीहरुको ५ लाख बराबरको जोखिम बहन बीमा गरिसकेको छ ।

कार्यक्रममा निर्माणकर्मीहरुलाई सिमेन्ट सम्बन्धी जानकारी, निर्माण सामाग्रीको गुणस्तर मापन तथा छनौट प्रक्रिया, निर्माणकर्मीलाई दिनहु आईपर्ने निर्माण सम्बन्धी समस्याहरुको समाधानका उपाय र सिमेन्ट भण्डारण सम्बन्धी जानकारी गराईएको थियो । 

शिवम् सिमेन्टले चरणबद्ध रुपमा देशका विभिन्न स्थानहरुमा नियमित रुपमा निर्माण कर्मीहरुसंग प्राविधिक अन्तक्रिया तथा बीमा कार्यक्रम गर्दै आईरहेको छ । हालसम्म निरन्तर रुपमा देशका विभिन्न ३७ स्थानमा २५ सय भन्दा बढि निर्माणकर्मीहरु संग प्राविधिक अन्तक्रिया गरी उनीहरुको जोखिम बीमा गराई सकेको कम्पनीले जनाएको छ । 

शिवम् सिमेन्टले हाल विक्रि पछिको निःशुल्क प्राविधिक सेवा समेत दिदै आहिरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved