दुर्गा प्रसाइँ भन्छन्, ‘काँग्रेसले उद्योगधन्दा बेचेपछि हरियो पासपोर्टको खेती मौलायो’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 01, 2022 | 06:32:13 PM मा प्रकाशित

laxmi  sunrise bank

नेकपा (एमाले) का केन्द्रीय सदस्य एवम् उद्योग विभाग उपप्रमुख दुर्गा प्रसाईले नेपाली काँग्रेस नेतृत्वको सरकारले मुलुकका सबै उद्योग तथा कलकारखाना बेचेर सकेको आरोप लगाएका छन् । 

शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा उनले देशमा भएका सबै उद्योगधन्दा र कलकारखाना नेपाली काँग्रेसले सरकार चलाउँदा बेचेर सकेको आरोप लगाएका हुन् । प्रसाइँले काँग्रेसले २०४६ सालपछि अधिकांश समय सरकारको नेतृत्व गरेको र त्यसैबेला देशका सबै उद्योगधन्दा र कलकारखाना बेचिएको बताएका हुन् ।

काँग्रेसले देशका उद्योगधन्दा बेचेर सकेकै कारण नेपालीहरु वैदेशिक रोजगारीका लागि विदेशिन बाध्य हुनुपरेको उनको दाबी छ । 

‘२०४६ सालपछि २०६० सालसम्म काँग्रेस अधिकांश समय सत्तामा रह्यो, काँग्रेसको त्यो सत्तारोहणको पालामा देशमा भएका उद्योगधन्दा, कलकारखाना सबै बेचिएु प्रसाइँले भने, ‘उद्योगधन्दा, कलकारखाना बेचिएपछि युवाहरुको यो देशमा रोजगारी बन्द भयो र विदेश पलायन हुन बाध्य भए । हरियो पार्सपोर्टको खेती मौलायो ।’

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved