लिटमस केबलद्वारा “पावर पार्टनर्स मिट–२०७८” सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 21, 2022 | 03:07:43 PM मा प्रकाशित

laxmi  sunrise bank

लुम्बिनी विद्युत उद्योगले बुटवलमा “पावर पाटनर्स मिट–२०७८” सम्पन्न गरेको छ । 

कम्पनीले लिट्मस केवल ब्राण्डअन्तर्गत आधुनिक जर्मन प्रविधि एवं अत्याधुनिक पूर्वाधार प्रयोग गरी विभिन्न प्रकारका गुणस्तरीय तार र केबलहरू उत्पादन गर्दै आएको छ । 

कार्यक्रममा लिट्मस केवलका ब्राण्ड एम्बेसेडर महानायक राजेश हमाल लगायत रुपन्देही जिल्लाका वरिष्ठ उच्च पदस्थ व्यक्तित्वहरुको पनि सहभागिता रहेको थियो । वर्षौँदेखि लिट्मस केवलले ग्राहकहरुलाई प्रदान गर्दै आएको बिक्री तथा सेवाहरुमा सुधार गर्दै अझै व्यापक बनाउन केन्द्रित रहनुका साथै पार्टनरहरुबीचको आपसी सम्बन्धलाई प्रगाढ बनाउने सम्मेलनको मुख्य उद्देश्य रहेको थियो ।

कार्यक्रममा कम्पनीलाई नयाँ उचाईमा पुर्याउन पार्टनरहरुको मेहेनत र योगदानलाई सम्मान गर्दै कम्पनीका आगामी रणनीति र भावी योजनाबारे छलफल गरिएको थियो । सोहि अवसरमा कम्पनी ब्राण्ड एम्बेसेडर राजेश हमालले लुम्बिनी विद्युत उद्योगको पनि भ्रमण गरेका थिए । भ्रमणको दौरान कम्पनीले प्रयोग गर्दै आइरहेको एडभान्स जर्मन टेक्नोलोजी मेसिनबाट उत्पादित सामानहरु अवलोकन गरेका थिए । 

सम्मेलनलाई थप अन्तरक्रियात्मक बनाउन विभिन्न मनोरन्जनात्मक कार्यक्रमहरु पनि प्रस्तुत गरिएको थियो । साथ–साथै पार्टनरहरुलाई उल्लेखनीय कामका लागि प्रमाण–पत्र तथा अवार्डहरु हस्तान्तरण गरिएको थियो । साथै कम्पनीका पदाधिकारीहरुले सबै पार्टनरहरुसँग भेट गरि उनीहरुका जिज्ञासा पनि लिएका थिए ।

सम्मेलनमा उपस्थित सम्पूर्णलाई सम्बोधन गर्दै कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक रोहित गुप्ताले भने, “यहाँहरुको मेहेनत र ग्राहक सेवाले गर्दा कम्पनीले नयाँ उचाई हासिल गरेको छ । यसको लागि देशभरका डिलरहरुप्रति आभार प्रकट गर्दछौँ । हामीहरुले यो उचाई कायम राख्न अझै बढी ग्राहक सेवामा केन्द्रित रही बिक्री सेवामा सुधार गर्दै जानुपर्छ । साथै, ग्राहकहरुको विश्वास जित्दै कम्पनीको लक्ष्य हासिल गर्न हामी निरन्तर लागि पर्नुपर्छ ।”

कम्पनीले हालै नयाँ संरचनाको विकास गरी विभिन्न उत्पादनहरु बजारमा बिक्री वितरण गर्दै आइरहेको छ । विगत चार दशकदेखि विभिन्न प्रकारका तार र केबलहरू उत्पादन गर्र्दै आएको यस कम्पनीले हालै जर्मन प्रविधियुक्त नयाँ एडभान्स जर्मन टेक्नोलोजी मेसिनहरुबाट आफ्ना उत्पादन गर्दै आइरहेको छ । यससँगै कम्पनीले आफ्नो उत्पादन क्षेत्र विस्तार गर्दै नेपालकै अग्रणी एवं ठूलो कम्पनी बन्न सफल भएको छ ।

लुम्बिनी विद्युत उद्योग प्रा.लि. नेपालको सबैभन्दा ठूलो निजी औद्योगिक एवं व्यापारिक समूहमध्ये एक, रमेश कर्पको भगीनी संस्थाका रुपमा रहँदै आएको छ । कम्पनी बुटवल औद्योगिक क्षेत्र, बुटवलमा अवस्थित छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved