शौर्यले १० महिनामा बेच्यो १० लाख बोरा सिमेन्ट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 14, 2022 | 12:42:51 PM मा प्रकाशित

laxmi  sunrise bank

शौर्य सिमेन्ट आफ्नो व्यवसायिक उत्पादनको छोटो अवधिमा ९१० महिना० मा मासिक १० लाखको ब्रिक्रि लक्ष्य हासिल गरेको छ । 

व्यवसायिक उत्पादनको पहिलो महिना (जेष्ठ, २०७८) देखि १० महिनाको अवधिमा नै कम्पनीको उत्पादनमा ग्राहकको विश्वास बढ्दै गएको देखाएको छ । निर्माण क्षेत्रमा देखिएको हालको जटिल परिस्थितिमा पनि कम्पनीले १० महिनामै १० लाख बोरा सिमेन्ट बिक्रि गर्न सफल भएको हो । 

यस कम्पनिले हाल बजारमा शौर्य ओ पि सि–५३ ग्रेड, शौर्य ओ पि सि–४३ ग्रेड र पि एस सि ‍सिमेन्ट उपलब्ध गराउँदै आएको छ । कम्पनीले निकट भविष्यमा पि पि सि र  लो अल्काली सिमेन्ट उत्पादन गर्ने योजना बनाएको छ । 

उदयपुरको चुनढुङ्गाबाट उत्पादित यस सिमेन्ट विशाल परियोजना बन्दै गएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved