काठमाडौँ उपत्यकामा प्रस्तावित ‘नयाँ शहर’को ४४ हजार रोपनी जग्गा फुकुवा गर्न सिफारिस भएको छ ।
अब उपत्यकामा आधुनिक शहर बनाउन भन्दै काडमाडौँ र भक्तपुरका ५ नगरपालिकाभित्र रोक्का राखिएको १ लाख ४४ हजार रोपनी जग्गामध्ष्ये ४४ हजार रोपनी जग्गा फुकुवा हुने भएको हो ।
शहरी विकास मन्त्री रामकुमारी झाँक्रीको अध्यक्षतमा बसेको भौतिक विकास समितिले ४४ हजार रोपनी जग्गा कित्ताकाट फुकुवा गर्न मन्त्रिपरिषदमाा सिफारिस गर्ने निणर्य गरिसकेको छ ।
बैठकले काठमाडौँको पूर्वी नयाँ शहरी योजना स्वीकृतिका लागि समेत मन्त्रिपरिषदमा पठाउन सिफारिस गरेको छ ।
कहाँ कहाँको जग्गा फुकुवा हुँदैछ ?
काठमाडौँको कागेश्वरी मनोहरा र शंखरापुर नगरपालिका तथा भक्तपुरको भक्तपुुर, मध्यपुर थिमी र चाँगुनारायण नगरपालिकामा बनाउन लागिएको नयाँ शहरको जग्गा फुकुवा गर्न लागिएको हो ।
काठमाडौँ उपत्यका विकास प्राधिकरणका नायव विकास आयुक्त नारायण प्रसाद भण्डारीका अनुसार ५६ हजार रोपनीमा नयाँ शहर बनाउने र बाँकी जग्गा फुकुवा गरिदिन स्वीकृतिका लागि मन्त्रिरिषदमा पठाउने निणर्य भएको बताएका छन् ।
मन्त्रिपरिषदले निणर्य गरेपछि मात्र कित्ताकाट फुकुवा हुने क्षेत्रको विवरण तयार पारिने जनाईएको छ ।
तर, आयोजनाको चारकिल्ला भित्र रहेका घनाबस्ती, भिरालो जमिन, जोखिमयुक्त जग्गा, जंगल क्षेत्र, सम्पदा क्षेत्र, ऐतिहासिक महत्वका ठाउँ, संरक्षित क्षेत्र, आयोजना विकास गर्न नसकिने खालका ठाउँको जग्गा फुकुवा गरिनेछ ।
‘आयोजना विकास गर्नै नसक्ने ठाउँको मिन रोक्का राखेर हुँदैन भनेर त्यस्ता ठाउँको जग्गा फुकुवा गर्न लागिएको हो’ प्राधिकरण स्रोतले भन्यो ।
तर, अहिले नै यो यो ठाउँको यी यी क्षेत्र र यति यति रोपनी जमिन फुकुवा भयो भनेर भन्न नसकिने स्रोतले बताएको छ । स्रोतका अनुसार ठाउँअनुसार भन्दा पनि जग्गाको कित्ता अनुसार फुकुवाका लागि सिफारिस गरिने र मन्त्रिपरिषदको निणर्यपछि फुकुवा गर्ने जग्गा छुट्याईनेछ ।
सम्भवतः आगामी बिहिबार बस्ने मन्त्रिपरिषद बैठकमा यो सिफारिस पुग्नेछ ।