अनुमति नलिएका २ सय बढी प्लटिङका जग्गा किनबेचमा प्रतिबन्ध !

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 27, 2022 | 10:36:00 AM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँ उपत्यकामा अनाधिकृत प्लटिङ बढेपछि जग्गा रोक लगाउने अवस्था सिर्जना भएको छ । काठमाडौँ उपत्यका विकास प्राधिकरणले अनुमति नलिई भईरहेका प्लटिङको जग्गा रोक लगाउने तयारी थालेको हो । 

प्राधिकरणले अनुमति नलिई गरिएका २ सय बढी प्लटिङका जग्गा रोक्का राख्न सुक्ष्म तयारी गरिरहेको बताएको छ । भक्तपुर र ललितपुर २ सय भन्द्या बढी ठाउँमा बिना अनुमति प्लटिङ भईरहेको पाईएको प्राधिकरणले जनाएको छ । यी ठाउँको जग्गा तत्काल रोक्का राखिने छ । 

कित्ता नम्बर खोजिँदै 

उपत्यका विकास प्राधिकरणले अनुमति नलिई प्लटिङ भईरहेका ठाउँको जग्गाको कित्ता खोज्ने काम गरिरहेको छ । यसका लागि छुट्टै टोली नै बनाएर खटाईएको प्राधिकरण स्रोतले बताएको छ । 

स्रोतका अनुसार कित्ता नम्बर खोज्न खटाईएको टोलीका सदस्यहरुको विवरण गोप्य राखिएको छ । यो टोलीले धेरै ठाउँको कित्ता नम्बर फेला पारिसकेको छ ।

सबै ठाउँको कित्ता नम्बर भेटिएपछि एकुमष्ट रुपमा सम्बन्धित जिल्लाको जिल्ला मालपोत कार्यालयलाई पत्राचार गरेर जग्गा रोक्का राखिने छ । 

‘मापदण्ड पूरा गरे फुकुवा गरिदिन्छौँ’

प्राधिकरणले अनाधिकृत प्लटिङको जग्गा तत्काल रोक्का राखेपनि डेभलपर्सहरुले तोकिएको मापदण्ड पूरा गरे पछि फुकुवा गरिदिने जनाएको छ । मापदण्ड अनुसार ५ प्रतिशत खुला ठाउँ र २० फिटको बाटो कायम गरेर आए रोक्का राखेपछि पनि फुकुवा गरिदिने प्राधिकरण स्रोत बताउँछ । 

तर, यदि मापदण्ड पूरा गर्न नसकेको खण्डमा भने रोक्का राखिएका प्लटिङको जग्गाको किनबेचमा पूणर्रुपमा बन्देज लगाईनेछ ।

अहिले अधिकांश प्लटिङमा जम्मा १३ फिटको मात्रै बाटो पाईएको प्राधिकरणको अनुभव छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved