‘डण्डी उद्योगीहरुले कालोबजारी गरे’

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 30, 2022 | 10:24:04 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रबि सिंहले कालोबजारी बढ्दा निर्माण सामग्रीको मूल्य आकाशिएको बताएका छन् । मंगलबार महासंघको राष्ट्रिय भेलाले गरेका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष सिंहले फलामजन्य निर्माण सामग्रीमा उद्योगीहरुले कालोबजारी गरेको आरोप लगाएका हुन् । 

सामान्यतया, १० प्रतिशत सम्मको मूल्यवृद्धिमा निर्माण व्यवसायीहरु आफैँ जिम्मेवार हुने गरेको तर, अहिले १०० प्रतिशत मूल्यवृद्धि भएकाले काम गर्न समस्या भईरहेको अध्यक्ष सिंहले बताएका छन् । उनले सरकारलाई ‘कन्ट्रक्सन होलिडे’मा जान पनि सुझाव दिएका छन् । 

कसरी भयो कालोबजारी ?

फलामजन्य उत्पादनमा कालोबजारी भएको दाबी अध्यक्ष सिंहले जाडदारका साथ उठाएका छन् । रुस–युक्रेन युद्धको असर देखाएर अहिले फलामजन्य निर्माण सागम्रीको भाउ एकाएक दोब्बरकै हाराहारीमा पुर्याइएको उनको दाबी छ ।

यसअघिः
सार्वजनिक खरिद नियमावलीमा व्यवसायी अशन्तुष्ट, संशोधन नगरे सम्पूर्ण निर्माण कार्य ठप्प पार्ने चेतावनी

‘रुस–युक्रेन युद्धका कारण सामान आयात भएन, कच्चा पदार्थ आयात कम छ भनेर मूल्य बढाएका छन्’ उनले भने, ‘जबकी, सामान्य अवस्थामा बाहिरबाट आएको स्टिल बिलेट तयारी फलाम बन्न ३० देखि ४५ दिनसम्म लाग्छ, रुस र युक्रेनबीचको युद्ध सुरु भएपछि मगाईएका सामान आईपुगेर तयारी डण्डी बन्ने बेला नै भएको छैन, अनि कसरी मूल्य बढाउन पाइन्छ ? पूरानै स्टकको मूल्य बढाएर बिक्रि गरिरहेका छन् उद्योगीहरुले । यसतर्फ अनुगमन आवश्यक छ ।’

कति पुग्यो मूल्य ?

प्रतिकिलो ६० रुपैयाँमा उपलब्ध हुँदै आएको फलामको डण्डीको भाउ अहिले १३५ रुपैयाँ पुगेको छ । प्रतिलिटर ८५ रुपैयाँ पर्ने बिटुमिनको मूल्य बढेर ११८ रुपैयाँ पुगेको छ ।

प्रतिलिटर ८५ रुपैयाँ पर्ने डिजेल र मट्टितेलको मूल्य अहिले १३८ रुपैयाँ पुगेको छ । 

यो पनिः
अर्थमन्त्रीले व्यवसायीलाई झुक्याउँदा चुनावको मुखैमा निर्माण कार्य ठप्प हुने जोखिम

अध्यक्ष सिंहले मूल्य बढाएपनि डण्डी उद्योगीहरुले माग अनुसारको साइजमा डण्डी उपलब्ध गराउन नसकेको पनि आरोप लगाएका छन् । 

यति मात्रै नभई, पहिला निर्माण व्यवसायीहरुले अर्डर गर्दा नै पैसा दिनुपर्ने अवस्था रहेको भन्दै अध्यक्ष सिंहले पैसा नदिएसम्म डण्डी उद्योगीहरुले अर्डर नै नलिने र कतिपय अवस्थामा हाताहाती पैसा दिन असमर्थ हुँदा एक दिनको लागि समेत बस्तु नदिने गरेको गुनासो गरे ।

त्यसकारण, सरकारले मूल्यवृद्धि स्थिर नहुन्जेलसम्मका लागि कन्ट्रक्सन होलिडे घोषणा गर्नुपर्ने माग महासंघको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved