उद्योगमा लोडसेडिङः ५० प्रतिशतले घट्यो उत्पादन, डण्डीको भाउले रेकर्ड तोड्यो

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 03, 2022 | 11:12:31 AM मा प्रकाशित

laxmi  sunrise bank

औद्योगिक करिडोरमा अघोषित लोडसेडिङ हुँदा ठूला उद्योगहरु थला परेका छन् । विद्युत प्राधिकरणले दैनिक २२ करोड रुपैयाँ जोगाउन खोज्दा औद्योगिक क्षेत्रको १० अर्ब नोक्सान भईरहेको छ ।

यति मात्रै नभई, आत्मनिर्भर भईसकेको सिमेन्ट उद्योगले पनि माग अनुसार उत्पादन गर्न पाएका छैनन् । निर्माणको सिजनमै मूल्य वृद्धिका कारण माग कम भएकै अवस्था छ । तर, नियमित विद्युतको आपुर्ति नहुँदा त्यहीँ कम माग पनि पुर्ति गर्न उद्योगहरुलाई सकस परेको छ ।

सिमेन्ट र फलामे डण्डी उद्योगहरुले उत्पादन कटौती गर्नुपर्दा माग गरेका निर्माण व्यवसायी तथा आयोजनाहरु रित्तै फर्किनु परेको छ ।

नेपाल उद्योग परिसंघ (सीएनआई)का अध्यक्ष विष्णु अग्रवाल झ्याप्प झ्याप्प बिजुली जाँदा र आधा दिन (१२ घण्टा) अघोषित लोडसेडिङ हुँदा उत्पादन लागत बढेको बताएका छन् । एकातिर क्षमता बिजुली जाने आउने ठेगान नहुँदा मेशिन तथा उपकरण नै बिग्रने जोखिम रहेको र अर्कोतिर विद्युत आपुर्ति कम हुँदा क्षमताको आधा पनि उत्पादन गर्न नसकिएकाले औद्योगिक क्षेत्र समस्यामा परेको उनको भनाई छ ।

नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुब थापा उद्योगहरुमा दैनिक १२ घण्टा लोडसेडिङ भईरहेको तर घोषित तालिका नपाएको बताउँछन् । विकास निर्माणको सिजनमै उर्जा अभावको समस्याले उद्योगहरु धाराशायी बनेको थापाको भनाई छ । सबैजसो सिमेन्ट उद्योगहरुले अहिले उत्पादन ४० प्रतिशतको हाराहारीमा झारेका छन् ।

सौरभ समूहका अध्यक्ष विष्णु न्यौपानेले पनि उर्जा अभावले उद्योगहरु समस्यामा परेको बताएका छन् । प्राधिकरणले उद्योग उद्योगमा पुगेर दिन्छु भनेर कबुल गरेको बिजुली जतिसुकै महँगोमा भएपनि किनेर दिनुपर्ने उनको भनाई छ । 

मूल्य बढ्यो

औद्योगिक कच्चा पदार्थको मूल्य बढेको भन्दै सिमेन्ट र डण्डीको भाउ पनि अचाक्ली बढेको छ । सिमेन्टभन्दा पनि फलामे डण्डीको मूल्य २ महिनामा झण्डै सत् प्रतिशतले बढेको छ ।

डण्डीको भाउ प्रतिकिलो १३५ रुपैयाँबाट पनि उकालो लाग्ने तर्खरमा छ । यसअघि प्रतिकिलो ७५ देखि ८१ रुपैयाँसम्म रहेको डण्डी अहिले प्रतिकिलो ५६ रुपैयाँभन्दा बढीले बढिसकेको छ । डण्डीको भाउ यति महँगो भएको इतिहासकै पहिलो पटक हो ।

ओपीसी र पीपीसी सिमेन्टको मूल्य प्रतिबोरा ३० रुपैयाँले बढिसकेको छ । औसतमा ओपीसी सिमेन्ट प्रतिबोरा ६४० रुपैयाँ र पीपीसी सिमेन्ट प्रतिबोरा ५४० पुगेको छ । 

बिजुलीको महसुल नबढे पनि डिजेलको मूल्य बढेकाले सिमेन्टको मूल्य बढेको उद्योगीहरुले जनाएका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved