३ अर्ब ९६ करोड लगानीमा नेपालमै खुल्ने भयो ‘सेरामिक्स टायल’ उद्योग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 20, 2022 | 01:45:25 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमै अब सेरामिक्स टायल उत्पादन हुने भएको छ । हालसम्म विदेशबाट ल्याउनुपर्ने बाध्यता रहेको सेरामिक्स टायलको ठूलो परिणाम अब नेपालमै उत्पादन हुने भएको हो । 

लुम्बिनी सेरामिक्स प्रा.लि.ले बर्दियाको गुलरिया नगरपालिका–८ मा सेरामिक्स टायल उद्योग खोल्न लागेको हो । सेरामिक्स टायल उद्योगमा ३ अर्ब ९६ करोड ७६ लाख रुपैयाँ लगानी हुनेछ । यो सम्पूर्ण लगानी स्वदेशी हो । 

यो उद्योग, उद्योग विभागमा दर्ता भईसकेको छ । उद्योग विभागका अनुसार यस उद्योगबाट वार्षिक २ करोड ८० लाख पिस सेरामिक्स टायल उत्पादन गर्ने लक्ष्य राखिएको छ । यस उद्योगले ५ सय ४ जनालाई रोजगारी दिने उल्लेख छ । 

सुब्रत धिताल मुख्य लगानीकर्ता रहने यो उद्योगको कुल पूँजीमध्ये ३ अर्ब २१ करोड ४७ लाख रुपैयाँ स्थिर पुँजी र ७५ करोड २९ लाख रुपैयाँ चालू पूँजी रहेको छ ।

उद्योगबाट लिभिङ रुम, बाथरुम, किचन, टेरेस, फ्लोर, आउटडोर, भित्ता लगायतशरुमा प्रयोग गर्ने टायल उत्पादन गरिनेछ । 

हाल नेपालमा बाराको जितपुरमा सेरामिक्स टायल उद्योग सञ्‍चालनमा छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved