नेपालको पहिलो र एक मात्र नेपोभिट टाईल्स सार्वजनिक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 25, 2022 | 07:02:49 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल सेरामिक इन्डस्ट्रिज प्राइभेट लिमिटेड अन्तर्गत नेपोभिट टाईल्स नेपालको पहिलो एक मात्र टाईल्स उत्पादन गर्ने ब्राण्ड हो। नेपालमै आकर्षक गुणस्तरीय टाईल्स नेपाली सर्वसाधारणलाई उपलब्ध गर्ने सोच सहित यहि वैशाख गते हायात रेजेन्सी, काठमाडौँमा महानायक राजेश हमाल तथा देशभरिको डिलरको उपस्थितिमा नेपोभिट टाईल्स सार्वजनिक गरियो। 

विदेशी टाईल्सको आयात निकै बढेपछि आफ्नै देशमा उप्तादन गर्न सक्ने क्षमता देखेर नेपोभिट टाईल्सको स्थापना भएको हो। उद्घाटन समारोहमा महानायक राजेश हमालले आफु  नेपोभिट टाईल्सको सदभाव दूत भएको सार्वजनिक गर्दै नेपोभिट टाईल्सको गुणस्तर, बजारमा प्रभाव अनि यसको अत्याधुनिक factory को बारेमा चर्चा गरे।

यस टाईल्सको बारेमा चर्चा गर्नुपर्दा नेपोभिट टाईल्स विश्व प्रतिष्ठित Italian technology को साथ उत्कृष्ट कच्चा पदार्थ प्रयोग गरेर बनेका छन् फेवा, डाँफे, गुराँस जस्ता विभिन्न डिजाइनमा उपलब्ध छन् यस टाईल्सका  विभिन्न उत्पादनहरू घरेलु तथा व्यावसायिक भवनहरूमा प्रयोग गर्न सकिन्छ  

समारोहको उद्घाटन गर्ने क्रममा नेपोभिट टाईल्सको अध्यक्ष शम्भुनाथ शाहले, "नेपालमै टाईल्स उत्पादन गरेर देशभित्रको माग पुरा गर्दै विदेशी टाईल्सको आयात घटाउनु साथै नेपाली उत्पादनलाई विदेशतिर निर्यात गर्दै वैदेशिक मुद्रा देशमा भित्राउने हाम्रो सोच हो" भने

नेपोभिट टाईल्सको निर्देशक मनोज प्रसाद रौनियार भन्छन् "नेपाली जनतालाई रोजगारीको अवसर दिने दृष्टि नेपाली डिजाइनमै टाईल्सहरु उपलब्ध गराउनेछौ "

सन् २०२२ मा स्थापना भएको नेपोभिट टाईल्सको कारखाना दक्षिणी नेपालको तराइ क्षेत्र अन्तर्गत बारा जिल्लाको जीतपुर उपमहानगरपालिका वडा . मा अवस्थित छ।

नेपालमा अत्यधिक मात्रामा टाईल्स प्रयोग भए पनि विदेशबाट आयात गर्नुपर्ने अवस्था तर नेपाली कम्पनीहरूको आगमनले यो प्रक्रिया घट्दै गरेको आफ्नै माटो, आफ्नै शान भनेर नारा लगाउदै नेपोभिट टाईल्सले स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्दै नेपाली बजारमा बिस्तारै आफ्नो पकड लिन थालिसकेको छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved