कच्चा पदार्थमा पनि तयारी उत्पादन सरह भन्सार तिर्नु परेकोमा पेन्ट उद्योगीको आपत्ति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 05, 2022 | 03:12:18 PM मा प्रकाशित

laxmi  sunrise bank

आयातित कच्चा पदार्थमा भन्सार विभागबाट बेहोरिरहेको अधिकतम भन्सार शुल्क समस्याबारे ध्यानाकर्षण गराउन पेन्ट उद्योग संघले पत्रकार सम्मेलन गरेको छ । हाल नेपालको बैङ्किङ क्षेत्रमा देखिएको तरलता सङ्कट तथा विदेशी मुद्रा सञ्चितिमा आएको हासलाई मध्यनजर गरी आउँदा दिनहरूमा तयारी पेन्टको आयातमा सरकारले काउण्टरभेलिङ शुल्क लगाउन सक्ने सम्भावनाको आँकलन गर्दै संघले कार्यक्रम गरेको हो।

पेन्टका लागि आवश्यक मुख्य कच्चा पदार्थको आयातमा पनि उद्योगहरूले तयारी उत्पादनकै कोडसरहको भन्सार शुल्क बेहोर्नुपरेकोमा सङ्घले ध्यानाकर्षण गराएको छ।  संघका अनुसार एक्रिलिक पोलिमर सबै पानीमा आधारित पेन्ट तयार गर्नको लागी आवश्यक एक मुख्य कच्चा पदार्थ हो । आजको दिनमा हेर्दा, पानीमा आधारित पेन्ट कुल बिक्रीको लगभग ७५५, अनुपातमा रहेको छ । एक्रिलिक पोलिमरको आयातमा सरकारले तोकेको कर बजारमूखी नरहेको पेन्ट उद्योग संघको ठहर छ ।

सङ्घका अनुसार इमल्सन एचएसएन कोड ३९०६ अन्तर्गत वर्गिकृत गरिएको वाटर वेस्ड पेन्टहरूका लागि कच्चा पदार्थ भए पनि २०७६/०३/०८ मा भन्सार विभागले जारी गरेको पत्रअन्तर्गत एक्रिलिक पोलिमर लाई फिनिस्ड गुड, पेन्ट एण्ड भानिसका लागि तोकिएको कोड ३२०९ अन्तर्गत वर्गिकृत गर्न निर्देशन दिइएको छ।

एचएसएन ३९०६ अन्तर्गत आयातमा १० प्रतिशत मात्र तिर्नुपर्ने र साफ्टा सुबिधापनि पाइनेछ तर ३२०९ कोड अन्तर्गत भन्सार मूल्यांकन गर्दा ३० प्रतिशत भन्सार शुल्क तिर्नुपर्ने र साफ्टामा पनि तयारी उत्पादनका लागि केही प्रावधान नरहेको सङ्घले जनाएको छ ।

क्याबिनेटले ३२०९ कोड अन्तर्गत भित्रिने इमल्सनको भन्सार २० प्रतिशतमा झारे पनि पेन्टका लागि आवश्यक पर्ने प्रमुख पदार्थमा भने भन्सार शुल्क प्रभावकारी रुपमा १०५ देखि २०१मा पुगेको छ जबकि एक्रिलिक पोलिमरमा श्रीलङ्का, बङ्गलादेश, भारतजस्ता छिमेकी मूलुकहरूले ०-१० प्रतिशत मात्र भन्सार शुल्क कायम गरिएको छ भन्ने उद्योगीहरूको भनाइ छ।

यसैगरी, वित्तीय ऐन २०७७/७८ ले टाइटेनियम डाइअक्साइडको आयातमा १५ प्रतिशतबाट घटाएर ५ प्रतिशत गरेको छ । पेन्ट उद्योगहरुले टाइटेनियम डाइअक्साइडलाई ३२०६११०० मा आयात गर्ने गरेको हुनाले एचएसएन कोड सच्याउन नेपाल पेन्ट उद्योगको माग रहेको छ। 

संघले भनेको छ 'तयारी वस्तुको आयातको तुलनामा कच्चा पदार्थको आयातमा एक तह कम भन्सार शुल्क निर्धारण गर्ने सरकारको सामान्य नीति रहेको छ । यद्यपि, व्हाइट सिमेन्ट लगायत कतिपय कच्चा पदार्थ र प्याकेजिङ सामग्रीहरूको हकमा भने यो नीति पालना गरिएको छैन ।'

साथै करार उत्पादन गर्ने/गराउने प्रावधानको लागी पनि सरकारलाई नितिगत सुधार गर्न पनि पेन्ट उद्योगहरुको आग्रह गरेको छ ।

चार दशकको इतिहास बोकेका नेपालमा स्थापित पेन्ट उद्योगहरू आजको दिनसम्म आइपुग्दा गुणस्तर र उत्पादन क्षमताको आधारमा आत्मनिर्भर भइसकेका छन्। यस क्षेत्रमा ५० भन्दा बढी बहुराष्ट्रियदेखि साना तथा घरेलु स्तरका पेन्ट उद्योगहरू पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएर देशमा रोजगारी र राजस्वमा उल्लेखनीय योगदान पुर्याउँदै आएको हुनाले राज्यबाट सो उद्योगको समस्याहरुलाई सम्बोधन गर्न आग्रह गरेको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved