बुद्ध एयरले आइतबारदेखि ६ वटा गन्तब्यमा रात्रिकालीन उडान भर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 12, 2022 | 04:07:57 PM मा प्रकाशित

laxmi  sunrise bank

बुद्ध एयरले विभिन्न गन्तव्यहरुमा रात्रिकालीन उडान सेवा विस्तार गर्ने भएको छ। आइतबारदेखि सुरु हुने रात्रिकालीन उडान तत्कालका लागि जनकपुर, नेपालगञ्ज, विराटनगर, भैरहवा, भद्रपुर र सिमरामा उपलब्ध हुने कम्पनीले जनाएको छ। 

नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृत उडान तालिकाको करिब १३ प्रतिशत रात्रिकालीन उडान रहेको बुद्ध एयरले जनाएको छ । यी उडानका समयहरु राति ८ बजेपछिका मात्र हुने बुद्द एयरले जनाएको छ।  

दैनिक कामकाजमा व्यस्त यात्रुहरुका लागि रात्रिकालीन उडान निकै आकर्षक हुने बुद्ध एयरको दाबी छ । रात्रिकालीन उडान बिहान दिउँसोको तुलनामा सहज, सरल र सस्तो हुने पनि जनाएको छ ।

रात्रिकालीन उडान हुने गन्तव्यहरुमा त्यहाँको प्रदेश र स्थानीय सरकारलाई सार्वजनिक यातायात सुविधाको लागि अनुरोध गरेको बुद्ध एयरले जानकारी दिएको छ। यात्रुहरुको थप आउजाउले स्थानीयस्तरमै रोजगारी सिर्जना हुने र राजस्व वृद्धिमा पनि भूमिका खेल्ने बिश्वास लिइएको छ। 

बुध्द एयरले काठमाडौंको हकमा टुटलसँग समन्वय गरी रात्रिकालीन उडानका लागि ट्याक्सीमा आकर्षक छुटको अफर पनि ल्याउन लागेको छ ।

यसैबीच बुद्ध एयरले भैरहवा विमानस्थललाई पनि दोस्रो हबको रुपमा सबै प्रदेशबाट जोड्न लागेको छ । भैरहवाबाट पोखरा र भरतपुरको उडान सञ्चालनमा ल्याइसकेको एयरले निकट भविष्यमै भैरहवाबाट विराटनगर, भद्रपुर, जनकपुर, सिमरा, नेपालगञ्ज र धनगढीमा क्रमशः उडान भर्ने योजना रहेको जनाएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved