उद्योगी मुरारकाको दाबी, ‘१० प्रतिशत इन्सेन्टिभ पाए १ खर्बको सिमेन्ट भारतलाई बेच्छौँ’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 22, 2022 | 05:02:10 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष पशुपति मुरारकाले सिमेन्टको लागत १० प्रतिशत घटाउन अनुरोध गरेका छन् । उनले नेपाली सिमेन्टको अन्तराष्ट्रिय बजार खोज्ने काम आफूहरुले गर्ने तर लागत हुने नीति सरकारले बनाउनुपर्ने बताएका हुन् । 

आइतबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उद्योगी मुरारकाले निर्यात बढाउन सिमेन्टमा १० प्रतिशत इन्सेन्टिभ आवश्यक रहेको बताएका हुन् ।

‘अनावश्यक शंका मात्रै गरेर हुँदैन, १० प्रतिशत इन्सेटिभ दिने हो भने सिमेन्टको निर्यात सहज छ’ मुरारकाले भने, ‘सिमेन्टमा १० प्रतिशत मात्रै इन्सेन्टिभ दिने हो भने १ सय अर्बको निर्यात गर्न सक्छौँ ।’

यसअघिः
अर्थमन्त्रीलाई उद्योगीले भने, ‘भारतलाई १ करोड टन सिमेन्ट बेच्छौँ, लागत घटाईदिनुस्’

उनले यसका लागि भारतीय बजारमा भारतीय सिमेन्टसँग प्रतिस्पर्धी मूल्य हुनुपर्ने बताए । नेपालसँग सिमा जोडिएका भारतीय राज्यमा भारतका उद्योगबाट भन्दा नेपाली उद्योगबाट छिटो सिमेन्ट पुर्याउन सकिने भएकाले तत्काल आवश्यक सहुलियत दिएर निर्यात बढाउने नीति ल्याउन सुझाएका छन् । 

उनले भारतको बिहार लगायतका क्षेत्रमा अहिले पूर्वाधार निर्माणका काम भईरहेकाले नेपाली उद्योगहरुले यसबाट लाभ लिनुपर्ने बताएका हुन् । 

हाल नेपालमा सञ्चालनमा रहेका सिमेन्ट उद्योगसँग वार्षिक २ करोड ५० लाख टन सिमेन्ट उत्पादनको क्षमता छ । क्षमता अनुसारको माग नहुँदा उद्योगहरुले अहिले १ करोड टन मात्रै उत्पादन गर्दै आएका छन् । नेपाली सिमेन्ट उत्पादकहरुले आफूहरुसँग वार्षिक १ करोड टनदेखि १ करोड ५० लाख टनसम्म सिमेन्ट निर्यात गर्न सक्ने क्षमता रहेको दाबी गर्दै आएका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved