भारतले चिनी निर्यातमा लगायो प्रतिबन्ध, नेपालमा के असर पर्छ ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 25, 2022 | 01:51:35 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतले चिनी निर्यात नगर्ने भएको छ । आगामी जुन १ बाट लागू हुनेगरी भारतले चिनीको निर्यातमा प्रतिबन्ध लगाएको हो । तर, चिनी उत्पादनको सिजनमा १ करोड मेट्रिक टनसम्म चिनी निर्यात गर्न सकिने बताईएको छ । 

भारतबाट चालु आर्थिक वर्षको १० महिनामा ८९ हजार मेट्रिक टन चिनी आयात भएको छ । यो १० महिनाको अवधिमा नेपालले ४ अर्ब ७० करोडको चिनी किनेको हो ।

नेपालमा वार्षिक औद्योगिक र उपभोगमा २ लाख ५० हजार मेट्रिक टन चिनी खपत भइरहेको छ । यसमध्ये १ लाख ३० हजार मेट्रिक टन स्वदेशी उत्पादनले धानिरहेको छ । बाँकी १ लाख २० हजार मेट्रिक टन भने भारतसहित विभिन्न मुलुकबाट आयात हुने गरेको छ । 

तर, अब भारतले चिनीको निर्यातमा रोक लगाएपछि नेपालमा औद्योगिक क्षेत्रमा पनि प्रभाव पर्नेछ । चिनीको अभावसँगै मूल्य पनि बढ्नेछ ।भारतले यसअघि नै गहुँको निर्यात रोकिसकेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved