बजेटमा बिष्णु न्यौपानेको ‘सेटिङ’: मन्त्रीबाट हटेपनि जनार्दनलाई महिनैपिच्छे कमिशन !

निरोज कुमार थापा

निरोज कुमार थापा

Jun 12, 2022 | 10:21:29 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली औद्योगिक क्षेत्रमा पछिल्लो समय चर्चित नाम हो विष्णु न्यौपाने । सौरभ ग्रुपमार्फत औद्योगिक सम्राज्य फैलाउँदै आएका न्यौपाने ‘सेटिङ’ मिलाउन पनि माहिर देखिएका छन् । 

गत भदौमा अर्थमन्त्री जनार्दन शर्मा चालु आर्थिक वर्षको प्रतिस्थापन बजेटको तयारीमा रहेको मौका पारेर न्यौपानले ‘हामी स्पञ्ज आइरन ल्याएर यहीँ बिलेट र डण्डी बनाउँछौँ, एक लेयरको काम थपिन्छ, बिजुलीको खपत बढ्छ, हामीलाई भन्सार र अन्तःशुल्क छुट गरिदिनुपर्यो’ भने । यसका लागि उनले अर्का उद्योगी साहिल अग्रवालको साथ लिए ।

मासिक रुपमा ‘कमिशन’ भूक्तानी

यति मात्रै नभई उनले अर्थमन्त्री शर्मालाई ‘मोटो रकम’को अफरसमेत गरेको स्रोतले बताएको छ । आफूहरुले मासिक रुपमा नाफाको निश्चित प्रतिशत कमिशनवापत दिने भनेपछि अर्थमन्त्री शर्मा उनीहरु अनुकुलको नीति बजेटमार्फत नै घोषणा गर्न तयार भए । 

सोही अनुसार न्यौपानेको सवोत्तम स्टिल सहितका ६ उद्योगलाई फाइदा हुने गरी अर्थमन्त्री शर्माले स्पञ्ज आइरनको आयातमा भन्सार र अन्तःशुल्क छुटको घोषणा गरिदिए । 

यसअघिः
अर्थमन्त्री शर्माले बजेटमार्फत साहिल अग्रवालको समूहलाई दिए गजबको उपहार 

‘विष्णु न्यौपाने र साहिल अग्रवालबाट जनार्दन शर्माले यो नीति कायम रहेसम्म महिनैपिच्छे मोटो रकम लिईरहने छन्’ स्रोत भन्छ, ‘बजारमा एकाधिकार कायम गरिहाले, डण्डीको भाउ कहाँ पुगेको छ देखिएकै छ, बुझ्नमा आए अनुसार एक किलो तयारी फलाम बिक्रि गरेवापत विष्णु न्यौपानेले १ रुपैयाँ र साहिल अग्रवालले १ रुपैयाँका दरले हिसाब राखेरै महिनामा एकमुष्ठ रुपमा अर्थमन्त्रीलाई पैसा दिँदै आएका छन्, यतिसम्म कि जनार्दन शर्मा अर्थमन्त्रीबाट हटेपनि यो व्यवस्था कायम रहेसम्म उनले पैसा पाउने गरी यो नीति आएको भन्ने छ ।’

मन्त्रीबाट हटेपनि महिनैपिच्छे ‘कमिशन’ पाउने गरी सेटिङ

आगामी आर्थिक वर्षको बजेटमा पनि अर्थमन्त्री जनार्दन शर्माले यो व्यवस्थालाई निरन्तरता दिँदै पुनः विष्णु न्यौपानेकै सवोत्तम स्टिल उद्योगलाई नै फाइदा हुने गरी मासिक १० करोड विद्युत महशुल बुझाउँदै आएका उद्योगलाई २ देखि १५ प्रतिशतसम्म छुट दिने घोषणा गरिदिए ।

यो पनिः
अर्थमन्त्रीको निर्णयले नेपालले करोडौं राजस्व गुमायो, फाइदामा ६ भाई

यसको लागि पनि न्यौपानेले लविङ गरेका थिए । यो नीति वापत पनि छुट पाएको रकमको निश्चित प्रतिशत अर्थमन्त्रीलाई दिने भित्रि सहमति भएको छ । न्यौपानेले जतिसक्दो चाँडो कार्यविधि बनाएर साउन १ बाटै यो व्यवस्था लागू गर्न अर्थमन्त्रीलाई निरन्तर सम्पर्क गरिरहेको स्रोत बताउँछ । न्यौपानेको सर्वोत्तम स्टिलले मासिक १० करोडको बिजुली खपत गर्दा अधिकतम् १५ प्रतिशत छुट पाउँदा १ करोड ५० लाख छुट पाउने र यो वापत करिब २५ देखि ३० प्रतिशत अर्थमन्त्रीलाई दिने गोप्य सहमति भएको स्रोतले दाबी गरेको छ । 

यदि १ करोड ५० लाखको २५ प्रतिशत मात्रै दिएपनि अर्थमन्त्री शर्माले मासिक ३७ लाख ५० हजार रुपैयाँ पाउने छन् । यो पनि जनार्दन शर्मा अर्थमन्त्रीबाट हटेपनि नीति कायम रहेसम्म पाउने गरी आएको व्यवस्था भएको स्रोतले दाबी गरेको छ । सोही बराबरको रकम साहिल अग्रवालबाट पनि शर्माले पाउने छन् ।

साना मझौला उद्योगले विद्युत महशुलमा छुट माग गरिरहेको भएपनि अर्थमन्त्री शर्माले भने आफूलाई आर्थिक लाभ गराईरहेका न्यौपाने र अग्रवाललाई मात्रै फाइदा हुने गरी विद्युत महशुलमा छुटको नीति लिएका छन् । हालसम्म मासिक १० करोड बढीको बिजुली खपत गर्ने उद्योगहरु यी २ मात्रै हुन् ।

यसअघिः
दोस्रो बजेटमा पनि कर छुटको नाममा अर्थमन्त्रीको ब्रह्मलुटस् दुई व्यापारीलाई २ अर्ब छुट

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved