मेयरकै संरक्षणमा ७ वटा ‘ट्रेड मार्क’ चोरी गरी जारको पानी बिक्रि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 20, 2022 | 04:22:54 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँको एउटा पानी उत्पादन गर्ने उद्योगले अर्कैको ब्राण्डको नाममा बजारमा पानी उपलब्ध गराउँदै आएको पाईएको छ । स्पार्लिङ्क स्प्रिकंलर वाटर प्रा.ली.ले अरु कम्पनीका ब्राण्डको नाममा बजारमा जारको पानी पठाउँदै आएको खुलेको हो ।

आइतबार उक्त कम्पनीले पानी वितरणमा पठाएका बा.११च. ६०४५ र बा.६च. २८०४ नम्बरका २ वटा गाडीहरुमा अरु कम्पनीका ७ वटा ब्राण्डको नामका पानीको जार भेटिएको हो । नागार्जुङ नगरपालिका वडा नम्बर ५ सितापाईलाको । स्पार्लिङ्क स्प्रिकंलर वाटर प्रा.ली.ले बजारमा पठाएका १९७ जार पानी विभिन्न ७ वटा ब्राण्डका रहेका थिए ।

अर्कै उद्योगले लिएको ट्रेड मार्क प्रयोग गरेर पानीको जार बेच्ने २ जनालाई नेपाल बोटल वाटर संघका पदाधिकारीको उजुरीमा पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सर्लाहीका आशिष कार्की र चितवनका किरण श्रेष्ठ रहेका छन् । उनीहरु गाडीको चालक मात्रै भएको र कम्पनीका मालिक को हुन् भन्ने खुलेको छैन ।

आइतबार काठमाडौँ प्रहरीले २ वटा पानी ढुवानीका गाडी र जारसहित समातिएका २ जना चालकलाई वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागमा बुझाएको थियो । विभागले आइतबारै आवश्यक पक्रिया सकेर ट्रेड मार्कको विषय उद्योग विभागको क्षेत्राधिकार भित्रको विषय भएको भन्दै उद्योग विभागमा पठाएको थियो ।

उद्योग विभागको ट्रेड मार्क शाखामा उजुरी दर्ता भएको छ । विभागले आवश्यक प्रक्रिया थालिसकेको ट्रेड मार्क शाखाका निर्देशक सुरेशराज जोशीले जानकारी दिए ।

स्पार्लिङ्क स्प्रिकंलर वाटर प्रा.ली.ले रोयल स्प्रिङ्ग मिनरल वाटर, जम्बलिङ ग्रुप इन्डष्ट्रिज, अन्नपूर्ण मिनरल वाटर, धनेश्वर थियर वाटर र डिबिङ्ग वाटर इन्टरप्राईजेन सहित अरु केही कम्पनीका ब्राण्ड दुरुपयोग गरी बजारमा पानी बेच्दै आएको थियो । उजुरी कर्ताहरुले आफूहरुको ब्राण्डमा गुणस्तरहीन पानी बिक्रि गरिएको भन्दै कारबाहीको माग गरेका थिए ।

स्पार्लिङ्क स्प्रिकंलर वाटर प्रा.ली.मा नागार्जुङ नगरपालिकाका मेयर मोहन बहादुर बस्नेतको पनि लगानी रहेको बुझिएको छ । यस विषयमा जानकारी लिन मेयर बस्नेतलाई फोन गर्दा उनको फोन अफ थियो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved