सिमेन्ट र फलामे डण्डीको भाउ घट्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 30, 2022 | 02:11:00 PM मा प्रकाशित

laxmi  sunrise bank

निर्माणको सिजनमा आकाशिएको निर्माण सामग्रीको भाउ ह्वात्तै घटेको छ । वर्षा लागेसँगै निर्माणको सिजन सकिएपछि निर्माण सामग्रीको मूल्य घटेको हो ।

सिमेन्ट, फलामे डण्डी लगायतका सबैखाले निर्माण सामग्रीको मूल्य घटेको उत्पादक तथा बिक्रेताहरु बताउँछन् । मनसुन सुरु भएपछि भौतिक निर्माणको काम नहुने भएकाले यो सिजनमा निर्माण सामग्रीको भाउ घट्ने गरेको छ ।

१४० रुपैयाँ प्रतिकेजी पुगेको फलामे डण्डीको भाउ अहिले ९५ रुपैयाँमा झरेको छ । 

सिमेन्टको भाउ पनि घटेको छ । गत वर्षको तुलनामा सिमेन्टको भाउ प्रतिबोरा १ सय रुपैयाँसम्मले घटेको उत्पादकहरु बताउँछन् । अहिले ओपीसी सिमेन्ट प्रतिबोरा ६८० देखि ७३० रुपैयाँमा झरेको छ ।

पीपीसी सिमेन्ट प्रतिबोरा ६३० रुपैयाँमा आईपुगेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved