फुटेज प्रकरण सेलाउन नपाउँदै शर्मालाई अर्को आपत: बाहिरियो साहिलसँगको अर्को कनेक्सन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 05, 2022 | 12:05:56 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्ष २०७८/०७९ का लागि गत भदौ २५ गते प्रतिस्थापन बजेट ल्याए। उक्त बजेटमार्फत सबैभन्दा बढी फाइदा पाएको ब्यापारिक घराना हो शंकर ग्रुप । 

शंकर ग्रुप अहिले साहिल अग्रवाल र उनका भाई सुलभ अग्रवालले हाँकिरहेका छन्। चाहे कोभिड १९ को महामारीमा ज्वरो नाप्ने थर्मल गनमा कालोबजार गर्दा रंगे हात पक्राउ परेर होस् वा सम्पति शुद्दिकरण तथा राजश्व अनुसन्धानमा बिभिन्न मुद्दा परेर होस्, शंकर ग्रुप विवादित व्यवसायिक घराना मानिन्छ।

बजेटको अघिल्लो रात पुर्व नायब सुब्बा र भारतीय नागरिक लाई घुसाएर करको दरमा हेरफेर गराएर आफ्नो स्वार्थ पुरा गरेका शाहील अग्रवाल र अर्थमन्त्री शर्माको फेरी अर्को काण्ड बाहिरिएको छ।

शाहील अग्रवाल सहित २-४ घरानालाई फाइदा पुग्नेगरि स्टिल, स्यानिटरी प्याड, वायर, जस्ता कुरामा नीति र करको दर तलमाथि गरेपछि विवादमा आएका अर्थमन्त्री शर्माको अर्को विवादित बिषय पनि बाहिर आएको छ। 

आगामी आर्थिक बर्षको बजेटमा भ्याएसम्मको छुट र सहुलियत दिएर पोसेका अर्थमन्त्री शर्माले यहि ग्रुपलाई अर्थात शाहील ग्रुप समुहलाई फाइदा पुग्ने गरी १० गाडी खरिदमा १ प्रतिशत मात्रै भन्सार लाग्ने नीति ल्याएको खुलेको छ। 

प्रतिस्थापन बजेटमा अर्थमन्त्रीले २०८२ सालसम्म सञ्चालनमा आउने गरी निर्माणाधीन होटल तथा रिसोर्टलाई सवारीसाधन आयातमा भन्सार महसुलमा छुटको व्यवस्था गरिदिएका थिए । यसको प्रत्यक्ष लाभ साहिल अग्रवालको ‘होटल हिल्टन’ लाई भएको छ ।

५ अर्ब रुपैयाँ भन्दा बढी लगानी गरेर बनाउन लागिएको होटलको हकमा त अझ १ प्रतिशत मात्रै भन्सार महसुलमा १० वटासम्म सवारीसाधन आयात गर्न दिने व्यवस्था मन्त्री शर्माले गरिदिएका थिए ।

शंकर ग्रुपको जगदम्बा हस्पिटालिटीले नक्सालमा ८ अर्ब लगानीमा ५ तारे होटल हिल्टन बनाउँदैछ । यसको अध्यक्ष साहिल अग्रवाल नै हुन् । यो होटललाई २०८२ साल भित्र सञ्चालनमा ल्याउने लक्ष्यका साथ साहिलले काम गरिरहेका छन् ।

यस विषयमा त्यतिबेला कुरा उठ्दा रोजगारी सिर्जना गर्ने कम्पनीहरुलाई सहुलियत दिनुपर्छ भनेर यस्तो व्यवस्था गरिएको दाबी मन्त्री शर्माले गरेका थिए । तर, २०८२ साल सम्ममा सञ्चालनमा आउन सक्ने र ५ अर्ब बढी लगानी गर्ने गरी निर्माण सुरु गरिएका अरु होटल छैनन् । जसले गर्दा उक्त नीति अर्थमन्त्री शर्माले शाहील अग्रवालकै लागि ल्याएका थिए भन्ने पुष्टि हुन्छ। 

बिजपाटीले यस सम्बन्धमा लेखेका समाचारहरु पढ्नुहोस्ः

अर्थमन्त्रीले नभई बिचौलिया ब्यापारी दिपक भट्टले लेखेका थिए बजेट

राज्यमन्त्री उमेश श्रेष्ठको घरमा अर्थमन्त्रीसहित प्रधानमन्त्रीका छोराको ‘ककटेल पार्टी’

-अर्थमन्त्री शर्माले बजेटमार्फत साहिल अग्रवालको समूहलाई दिए गजबको उपहार 

-अर्थमन्त्रीको निर्णयले नेपालले करोडौं राजस्व गुमायो, फाइदामा ६ भाई

-दोस्रो बजेटमा पनि कर छुटको नाममा अर्थमन्त्रीको ब्रह्मलुटस् दुई व्यापारीलाई २ अर्ब छुट

-अर्थमन्त्रीको निर्णयले नेपालले करोडौं राजस्व गुमायो, फाइदामा ६ भाई

जनार्दनको प्रतिस्थापन बजेटको प्रतिफलः फलामे डण्डीको भाउमा ‘रेकर्ड ब्रेक’

साहिल अग्रवालको समूहलाई पोस्न अर्थमन्त्रीले कर्मचारी र उद्योगीलाई यसरी ढाँटे

अग्रवाल समूहलाई पोसेर ‘पैसा कुम्ल्याउदै’ अर्थमन्त्री शर्मा

अर्थमन्त्री शर्माले स्वास्थ्य र सुरक्षाको लागि घातक प्रविधि छोड्न मानेनन्, कसको छ स्वार्थ ? 

-  जगदम्बाको गुणस्तरहीन डण्डी फिर्ता, बनिसकेका घरको जिम्मा कसले लिने ?

गुणस्तरहीन डण्डी उत्पादन गरेको विशाल ग्रुप स्पष्टिकरण बुझाएर पन्छिँदै 

-  जगदम्बाका ३ सय टन डण्डी गुणस्तरहीन, उत्पादन इजाजत रद्द

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved