जगदम्बा डण्डी प्रयोग गरेर बनाईएका संरचना जुनसुकै बेला भत्किने जोखिम

निरोज कुमार थापा

निरोज कुमार थापा

Jul 12, 2022 | 01:48:06 PM मा प्रकाशित

laxmi  sunrise bank

शंकर ग्रुपको जगदम्बा स्टिलले उत्पादन गर्ने फलामे डण्डीमा डक्टिलिटीकम हुने गरेको छ । डक्टिलिटी भनेको नरमपना वा तन्किने शक्ति हो । फलाम जति लचकदार र तन्किने हुन्छ, त्यति नै राम्रो मानिन्छ ।

तर, साहिल अग्रवालको जगदम्बा स्टिल उद्योगले स्पञ्ज आइरन ल्याएर बिलेट बनाउने र यसरी स्पञ्ज ल्याएर बनाईने बिलेट प्राइम नभई सेकेण्डरी हुने भएकाले सेकेण्डरी बिलेटबाट बनेको फलाममा लचकदार क्षमता कम हुने गरेको पाईएको हो । गुणस्तर विभागमा पनि यस विषयमा पटक पटक गुनासो आउने गरेको विभाग स्रोत बताउँछ । तर, शक्ति केन्द्रको आडमा यो उद्योग र उद्योगीमाथि खासै देखिने गरी कुनै कारबाही हुने गरेको छैन ।

जगदम्बाले फलामका टुक्रा, खिया लागेका कवाडी र भारतबाट आयातित स्पञ्ज आइरनलाई सँगै प्रशोधनमा घान हाली बिलेट निकाल्ने गरेको छ । थोत्रा फलाम पगाल्न जगदम्बाले भट्टी नै बनाएको छ

जगदम्बा स्टिलले उच्च तापक्रममा थोत्रा र खिया लागेका फलामका टुक्रा हालेर पगालेर लिक्वीड आइरनबनाउँछ । त्यसपछि उक्त लिक्वीड आइरनको तापक्रमलाई घटाएर बिलेट बनाउँछ ।

पत्रु पगालेर बनाईने बिलेटभन्दा पनि स्पञ्ज पगालेर बनाईने सेकेण्डरी बिलेटबाट बनेका फलाममा कार्बन, फस्फोरस र सल्फरको मात्रा बढी हुन्छ यी तत्वको मात्रा धेरै हुँदा डण्डी लचकदारको सट्टा कडा बन्छ जसका ारण बंग्याउँदा भाँचिन्छ यसअघि पनि जगदम्बाका डण्डीहरु भाँचिएका थिए

यसअघिः
जगदम्बाको फलामे डन्डी सबै परीक्षणमा ‘फेल’

फलामे डण्डीमा प्रयोग हुने रसायन, रसायनको मिश्रण, तापक्रम, बयिलोपन, लचकताका आधारमा मापदण्ड बनेको हुन्छ । लचकता नभएको फलामे डण्डी प्रयोग गरेर बसोबासका लागि बनाईने संरचना वा ठूला आयोजनाका संरचना जुनसुकै बेला भत्किन सक्ने जोखिम हुन्छ । हाल जगदम्बाले त्यस्तै फलामे डण्डी बनाईरहेको छ ।

जगदम्बाले अहिले ५००डी बनाउँछ कि बनाउँदैन ?

नेपालमा स्पञ्ज आइरन ल्याएर बिलेट बनाउँदा प्राइम बिलेट उत्पादन हुँदैन । प्राइम बिलेट उत्पादन नभएपछि भौतिक संरचना निर्माणको लागि गुणस्तरीय मानिने ५००डी ग्रेडका फलामे डण्डीहरु बन्ने सम्भावना नै छैन ।

तर पनि साहिल अग्रवाल र स्पञ्ज आइरन ल्याउने केही उद्योगीहरु भने अहिले पनि ५००डी ग्रेडका डण्डीहरु बनिरहेको दाबी गर्दै आएका छन् ।

अहिले पनि जगदम्बाले ५००डी उत्पादन गरिरहेको दाबी गरेको छ । स्पञ्ज आइरन पगालेर बनाईएको बिलेटबाट ५००डी गुणस्तरको डण्डी बनाईरहेको दाबी साहिल अग्रवाल लगायतका उद्योगीले गरेपनि त्यो झुटो दाबी हो ।

यसका लागि साहिलले पनि भित्री रुपमा विदेशबाट केही प्राइम बिलेट नै ल्याएका छन् । भन्सार विभाग स्रोतका अनुसार साहिल अग्रवालले स्पञ्जसँगै प्राइम बिलेट पनि केही मात्रामा आयात गरेका छन् । जसलाई उनले ५००डी ग्रेडका फलामे डण्डी बनाउन यहाँ स्पञ्ज आइरन पगालेर बनाईएको सेकेण्डरी बिलेटमा मिसाउने गरेका छन् ।

तर, संसदको उद्योग, वाणिज्य समिति अन्तर्गतको उपसमितिले बिलेटको पनि नेपाल गुणस्तर तोक्न निर्देशन दिएसँगै साहिल अग्रवालहरु तनावमा परेका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved