जनार्दनको बजेटको असरः मोरङ–सुनसरी औद्योगिक क्षेत्रका ५ उद्योग बन्द, १२ सय मजदूर बेरोजगार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 21, 2022 | 12:28:32 PM मा प्रकाशित

laxmi  sunrise bank

जनार्दन शर्माले अर्थमन्त्रीका हैसियतमा बजेट निर्माण गर्दा सिमित ब्यापारीलाई पोस्ने नीति लिएका कारण मोरङ–सुनसरी औद्योगिक क्षेत्रका उद्योगहरु धमाधम बन्द हुन थालेका छन् । यो औद्योगिक क्षेत्रका एमएस वायर रडमा आधारित ५ उद्योग बन्द भईसकेका छन् ।

केही उद्योग बन्द हुने चरणमा छन् । धेरैजसो उद्योगहरुले बढीमा असार २० र २१ गते नै आफ्ना उद्योगमा कार्यरत कर्मचारी र मजदूरहरुलाई ३० दिने सूचना थमाईसकेका छन् । 

आयातित कच्चा पदार्थमा भन्सार दर र अन्तःशुल्कमा विभेद गरिएपछि हालसम्म ५ उद्योग बन्द भईसकेको मोरङ ब्यापार संघका एक पदाधिकारीले जानकारी दिए । असार २१ गते पायनियर वायर उद्योग बन्द भयो । त्यसपछि क्रमशः प्रिमियर वायर, हुलास वायर, कमला स्टिल र अरिहन्त वायर उद्योग बन्द भए ।

१२ सय मजदूरको रोजीरोटी गुम्यो

मोरङ व्यापार संघका पूर्वअध्यक्षसमेत रहेका प्रिमियर वायरका सञ्चालक पवन शारडाले उद्योगहरुले श्रम ऐन अनुसार ३० दिनको सूचना राखेर मजदूरहरुलाई पत्र दिईएको र मजदुर कटौतीको जानकारी  श्रम कार्यालयलाई पनि गराईसकिएको जानकारी दिए । 

श्रम ऐनको परिच्छेद नम्बर २१ को दफा १४५ को उपदफा (२) बमोजिम कामदार–कर्मचारीहरू समेत कटौती गरी उद्योग व्यवसाय बन्द गर्नुपर्ने जानकारी श्रम कार्यालयलाई गराएका छन् । 

हालसम्म ५ वटा उद्योगबाट स्थायी, अस्थायी र करार सम्झौताका गरी १२ सय मजदूरले रोजगारी गुमाईसकेका छन् । 

जनार्दन शर्माले जेठ १५ गते संसलमा प्रस्तुत गरेको बजेटमा फलामे कच्चा पदार्थ एमएस वायर रडको भन्सार महसुललाई ५ प्रतिशतबाट बढाएर १० प्रतिशत बनाईएको छ । एमएस वायर रड पैठारी गर्दा लाग्ने अन्तःशुल्क पनि बढाएर प्रतिकिलो २ रुपैयाँ ५० पैसाबाट ४ रुपैयाँ ५० पैसा बनाइएको छ ।

यसले एमएस वायर रडमा आधारित उद्योगहरु चल्नै नसक्ने अवस्था सिर्जना भएको भन्दै उद्योगीहरुले आफ्ना उद्योगहरु धमाधम बन्द गरेका हुन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved