जनार्दन शर्माका कारण १ वर्षमा ३ गुणाले बढ्यो ‘स्पञ्ज आइरन’को आयात

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 25, 2022 | 01:17:03 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रतिस्थापन विधेयकमार्फत २०७८ भदौ २५ गते आएको आर्थिक वर्ष २०७८/७९ को बजेट र २०७९ जेठ १५ गते सार्वजनिक भएको चालु आर्थिक वर्ष २०७९/८० को बजेटले स्पन्ज आइरनको आयात बढाएको छ । 

भन्सार विभागले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९ को वैदेशिक व्यापारको तथ्यांक अनुसार स्पञ्ज आइरनको आयात अघिल्लो आर्थिक वर्षको तुलनामा ३ गुणा बढीले बढेको छ ।

प्रतिस्थापन बजेटमा जनार्दन शर्माले स्पञ्ज आइरनको आयात गरेर नेपालमै बिलेट बनाउने सिमित घरानाहरुलाई पोस्ने नीति लिँदै स्पञ्ज आइरनको आयातमा भन्सार र अन्तःशुल्क छुट व्यवस्था गरिदिए । जसका कारण १ वर्षमै मानव स्वास्थ्यका लागि हानिकारक मानिने इन्डक्सन फर्नेस विधिबाट बिलेट बनाउनका लागि साहिल अग्रवाल लगायतका केही उद्योगीहरुले ३ गुणा बढी स्पञ्ज आइरन भित्र्याए ।

आर्थिक वर्ष २०७७/०७८ मा ७ अर्ब ८७ करोड ९६ लाख ६८ हजार मूल्य बराबरको १ लाख ९१ हजार ५९५ मेट्रिक टन स्पञ्ज आइरन आयात भएको थियो ।

तर, गत आर्थिक वर्ष २०७८/०७९ मा २३ अर्ब ९८ करोड १६ लाख ८० हजार मूल्य बराबरको ४ लाख १५ हजार ७३३ मेट्रिक टन स्पञ्ज आइरन भित्रिएको छ । 

नेपालमा हाल सिमित उद्योगहरुले मात्रै स्पञ्ज आइरन ल्याएर बिलेट बनाउँदै आएका छन् । जनार्दन शर्माले सिमित उद्योगीलाई पोस्न मोटो रकम लिएर यो नीति ल्याएको भन्दै आलोचना हुने गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved