८७ मेगावाटको अर्धजलाशययुक्त आयोजना बनाउँदै चिलिमे, राय सुझाव माग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 28, 2022 | 09:28:45 AM मा प्रकाशित

laxmi  sunrise bank

चिलिमे जलविद्युत कम्पनीले अर्धजलाशययुक्त प्रकृतिको सेती नदी-३ जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । कम्पनीले सुदुरपश्चिम प्रदेश, बझाङ जिल्ला, जयपृथ्वी नगरपालिकामा ८७ मेगावाटको आयोजना निर्माण गर्न लागेको हो ।

कम्पनीले आयोजनाको वातावरणीय अध्ययन प्रतिवेदन तयारी गर्नको लागि सल्लाह सुझाव माग गरेको छ।  कम्पनीले वातावरणीय अध्ययन प्रतिवेदन तयारी गर्ने क्रममा सो क्षेत्रको प्राकृतिक भौतिक प्रणाली, जैविक प्रणाली, सामाजिक प्रणाली, सांस्कृतिक प्रणाली र आर्थिक प्रणाली बिच के कस्तो प्रभाव पर्दछ भनी यकिन गर्न सो स्थानको न. पा., गा. पा. तथा त्यस क्षेत्रका विद्यालय, अस्पताल, स्वास्थ्य चौकी तथा सरोकारवाला व्यक्ति वा संस्थालाई राय सुझाव दिन आग्रह गरेको हो ।कम्पनीले आफ्नो कार्यालयको ठेगाना वा आयोजनाको परामर्शदाता कम्पनी चिलिमे इन्जिनियरिङ एण्ड सर्भिसेजको कार्यालयमा राय सुझाव दिन आग्रह गरेको हो ।   

कम्पनीका अनुसार यो आयोजना अर्धजलाशययुक्त (PROR) प्रकृतिको आयोजना हो । यस आयोजनाले जयपृथ्वी नगरपालिका पानकोट नजिक १४ मि. अग्लो र ६७ मि. लम्बाइको बाँध निर्माण गरी ३०७७६६.०८ घनमिटर क्षमताको पिकिङ्ग पोन्डेज संगै रहेको इन्टेक मार्फत ८४.६० घनमिटर प्रति सेकेण्ड बहावलाई ग्रेभल ट्रेप (Gravel Trap) हुँदै बालुवा थिग्राउने पोखरी (Settling Basin) मा पुयाई सफा पानीलाई १०६९.८० मि. बक्स कल्भर्ट तथा ४२५१ मि. लामो सुरुङद्धारा सर्ज साफ्टमा पठाइने छ । तत्पश्चात् उक्त पानीलाई १५३ मि. लामो भूमिगत पेनस्टक सुरुङ मार्फत जयपृथ्वी नगरपालिका सुतिया नजिक निर्माण हुने भूमिगत विद्युतगृहमा खसाली फ्रान्सिस टर्वाइन (Francis Turbine) र जेनेरेटरको सहायताले ८७ मे. वा. विद्युत उत्पादन गरी टेलरेस सुरुङ मार्फत पुनः सेती नदीमा खसालिने छ । आयोजनाबाट उत्पादित विद्युतीय ऊर्जालाई प्रस्तावित चैनपुर सब-स्टेसनमा जोडिने छ ।

कम्पनीका अनुसार यस आयोजनाबाट बझाङको जयपृथ्वी नगरपालिकाको वडाहरु १, २, ३, ४, ५, ६, ७, ८, ९ र १०,  खप्तड छान्ना गाउँपालिकाको वडा नम्बर २, मष्टा गाउँपालिकको वडा १ र ४, छबिसपाथिभेरा गाउँपालिकाको वडा नम्बर १ र थलारा गाउँपालिकाको वडा नम्बर ९ प्रभावित हुने छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved