चुनाव घोषणा गरेर ‘रक्सी’ उद्योगलाई लाइसेन्स, खारेज भएको कम्पनी पनि ब्यूँताईयो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 07, 2022 | 01:31:04 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले झण्डै १ दशकपछि मदिरा उद्योगको नयाँ लाइसेन्स खुलाएको छ । ८ वर्षपछि मदिरा उद्योगको अनुमति खुलाउँदै औद्योगिक प्रवद्र्धन बोर्डको बैठकले केही खारेजीमा परेका कम्पनीसमेत ब्यूँताएको छ ।  

खारेजीमा परेको साउथ एसियन ब्रुअरी प्रा.ली.लाई ब्यूँताएर बोर्डले उत्पादन अनुमति दिएको छ । यसअघि तोकिएको अवधिमा पूर्वाधार तयार गर्न नसकेपछि साउथ एसियन ब्रुअरी खारेजीमा परेको थियो । 

नेपाल ग्यासका कार्यकारी निर्देशकसमेत रहेका गोकुल भण्डारीले एमालेका नेता महेश बस्नेत उद्योगमन्त्री भएका बेला मदिरा उद्योगको लाइसेन्स लिएका थिए । उत्पादन सुरु गर्न भन्दै कम्पनीले हेटौँडा औद्योगिक क्षेत्रमा जग्गा समेत लिईसकेको अवस्थामा पूर्वाधार तयार नगरेको भन्दै खारेज गरिएको थियो ।

त्यस्तै, बोर्ड बैठकले शंकर समूहको जगदम्बा अल्को वेभ प्रा.ली.लाई पनि स्प्रिट उत्पादनको अनुमति दिएको छ । शंकर समूहकले स्प्रिट र बियर प्लान्ट लगाउने तयारी गरेको छ । यसका लागि यो समूहले भैरहवा क्षेत्रमा ५ बिघा जमिन खरिद गरेको छ ।

बोर्ड बैठकले धनुषाको छिन्नमस्ता डिष्टिलरी प्रा.ली., नेपालगन्जको न्यु एभरेष्ट डिष्टिलरी उद्योग प्रा.ली. र रौतहटको एभरेष्ट डिस्टिलरी प्रा.ली.लाई क्षमता थपको अनुमति पनि दिएको छ ।

चुनाव घोषणा भईसकेको अवस्थामा मदिरा उद्योगलाई लाइसेन्स खुलाउनु, खारेजीमा परेको कम्पनी पनि ब्यँताउनू र क्षमता वृद्धिको अनुमति पाउनुका पछाडी आर्थिक चलखेल भएको हुन सक्ने अनुमान स्रोतले गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved