जनार्दनको आशिर्वादले ‘मालामाल’ साहिल अग्रवालः ४० प्रतिशतले बढाए ब्यापार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 16, 2022 | 12:18:23 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री जनार्दन शर्माले गत भदौको प्रतिस्थापन बजेट र चालु आर्थिक वर्षको बजेट वक्तव्यमा स्पन्ज आइरनको आयातमा भन्सार र अन्तःशुल्क छुटको नीति लिएपछि यसको एकलौटी फाइदा साहिल अग्रवालको जगदम्बा स्टिलले पाएको छ ।

जगदम्बाले अघिल्लो वर्षको तुलनामा गत वर्ष ४० प्रतिशतले ब्यापार पनि बढाएको छ ।

सन् २०२० मा २१ अर्ब १० करोडको कारोबार गरेको जगदम्बाले जनार्दन शर्माले बजेटमार्फत ब्यापक सहुलियत दिएपछि २०२१ मा कारोबार रकम २९ अर्ब ५५ करोड कटाएको छ ।

यद्यपी, कम्पनीले सन् २०१९ मै ३५ अर्ब बढीको कारोबार भएकोमा कोरोना लगायतका कारण २०२० मा घटेको कारोबार २०२१ मा ‘रिकभर’ भएको अर्थमा लिएको छ ।

नाफा कति ?

शंकर ग्रुपको जगदम्बाले कुल कारोबार २९ अर्ब ५५ करोड ७० लाखको गरेकोमा ७.७ प्रतिशत नाफा कमाएको छ । यो भनेको २ अर्ब २७ करोड ५८ लाख ८९ हजार रुपैयाँ हो ।

चालु वर्ष २०२२ मा नाफा बढाएर १३.२० प्रतिशत पुर्याउने लक्ष्यमा जगदम्बा छ । नेपालको डण्डी उद्योगले सन् २०२१ मा गरको कुल ब्यापारको ३५ प्रतिशत हिस्सा जगदम्बा ओगटेको छ ।

के के गर्छ उत्पादन ?

जगदम्बाले फलामे डण्डी, तार, जस्तापाता लगायत उत्पादन गर्दै आएको छ । उद्योगले जगदम्बा इ, राइनो ५००–डी, जगदम्बा सुपर साइन, जगदम्बा गाल्भा प्लस (जस्तापाता), जगदम्बा पाइप र जगदम्बा वायर उत्पादन गर्दै बिक्रि गर्छ ।

३४ अर्ब ३७ करोड रुपैयाँ ऋणमा रहेको जगदम्बा स्टिल उद्योगले अरु उत्पादनभन्दा बढी फलामे डण्डी उत्पादन गर्छ । यसको क्षमता वार्षिक २४ लाख ४४ हजार मेट्रिक टन रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved