नेपाल भित्रिए २ विदेशी मदिरा ब्राण्ड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 26, 2022 | 01:48:15 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा २ विदेशी मदिरा ब्रान्ड थपिएका छन् । नेपाल लिकर्स प्रा.लि. र जावलाखेल ग्रुप अफ कम्पनीजले विदेशी ब्राण्डका भोड्का नेपाल भित्र्याएका हुन्। 

जावलाखेल ग्रुप अफ कम्पनीजको विजय डिस्टिलरीले अमेरिकन स्काई भोड्का नेपाल भित्र्याएको छ । विश्वभर फैलिएको स्काई भोड्काको उत्पादन अब जावलाखेल ग्रुप अफ कम्पनीज नेपालमै गर्नेछ ।

नेपाल लिकर्सले रसियन ब्राण्डको स्मिर्नअफ भोड्काको नेपालमै उत्पादन गर्नेछ । 

स्मिर्नअफ भोड्काको ओरिजन कन्ट्री रसिया भएपनि हाल यसको उत्पादन भने बेलायती कम्पनी डायजियोले गर्दै आएको छ । यसको स्थापना सन् १८६४ मा भएको हो ।

यसमा अल्कोहलको मात्रा ३५ देखि ५० प्रतिशतसम्म हुन्छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved