घाइते ठेकेदारलाई सर्वाेत्तम सिमेन्टद्वारा बीमा रकम हस्तान्तरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 28, 2022 | 06:39:40 PM मा प्रकाशित

laxmi  sunrise bank

सौरभ ग्रुप अन्तर्गतको सर्वाेत्तम सिमेन्टले निर्माणका क्रममा घाइते भएका एक ठेकेदारलाई दुर्घटना बीमा रकम हस्तान्तरण गरेको छ ।

किर्तिपुरको भैँसेबजारको एक निर्माणाधिन भवनको चौथो तल्लाबाट झरी ठाकुर सिंह गुरुङ गम्भीर घाइते भएका थिए । उपचारका क्रममा उनलाई सर्जरी लगायत स्टेनलेस स्टील इम्प्लान्टका साथै करीब २ महिनासम्मको पूर्ण रुपमा आराम आवश्यक रहेको बताइएको थियो । 

यस अघि नै उक्त ठेकेदारले सर्वाेत्तम सिमेन्टद्वारा आयोजना गरेको “ठेकेदार भेटघाट कार्यक्रम” मा आप्mनो साइट रजिष्टर गराए बापत कम्पनीको तर्पmबाट सो बीमा प्राप्त गरेका थिए । भवन निर्माणका क्रममा ठेकेदार तथा अन्य निर्माणकर्मीहरुले उठाउनेजोखिमलाई मध्यनजर गर्दै सर्वाेत्तम सिमेन्टले आप्mनो साइट रजिष्टर गराएका ठेकेदारहरुका लागि रु ७ लाखसम्मको दुर्घटना बीमाको व्यवस्था ल्याएको थियो ।

यस बीमा सुविधाले निर्माणकर्मीहरुलाई निमार्णकार्यका क्रममा घाइते हुँदा लाग्ने उपचार खर्च तथा त्यसपछिको जीविकोपार्जनमा केही सहुलियत पुग्ने विश्वास कम्पनीले लिएको छ । निर्माणकर्मीहरुको सुरक्षा तथा सुस्वास्थय सुनिश्चित गर्नुका साथै कम्पनीका विभिन्न सामाजिक दायित्व पूरा गर्ने लक्ष्य अनुरुप सर्वाेत्तम सिमेन्टले यस्तो व्यवस्था ल्याएको हो ।

कम्पनीका ब्राण्ड म्यानेजर गोपाल सारदाका अनुसार सर्वाेत्तम सिमेन्ट अत्याधुनिक यूरोपियन भि.आर.एम. प्रविधिद्वारा सिमेन्ट उत्पादन गर्ने नेपालकै पहिलो सिमेन्ट उद्योग हो । ३००० मेट्रिक रन क्षमताको सिमेन्ट प्लान्ट तथा ३००० मेट्रिक रन क्षमताको क्लिंकर प्लान्टका साथ आइ.एस.ओ. ९००१ गुणस्तर प्रमाणित, १४००१ वातावरण–मैत्री प्रमाणित र नेपाल गुणस्तर प्रमाणित समेत भएको कम्पनीले ४३ ग्रेड र ५३ ग्रेडमा ग्रिन सर्वाेत्तम ओ.पि.सि र सौरभ ग्रिन पि.पि.सि नामक ब्राण्डका सिमेन्टहरु नेपालभर सर्वत्र बिक्रीवितरण गरिरहेको छ ।

उद्योगद्वारा उत्पादित सिमेन्टको मसिनोपन प्रतिग्राम ४५०० से.मि.२ सम्म रहेको छ । यति मात्र नभई आफ्नै इस्टिम इन्जिनबाट विद्युत उत्पादन गरी सिमेन्टको गुणस्तरमा एक रुपता प्रदान गर्न कम्पनीले नेपालमै पहिलो पटक एक्स–रे डिफ्राक्सन मेशिनको प्रयोग गर्दै आएको छ ।

आफ्नो स्थापनाको केही समयमा नै उत्कृष्ट उत्पादन तथा गुणस्तर पस्कँदै धेरैभन्दा धेरै सिमेन्ट उपभोक्ताको विश्वास जित्न सफल भएको छ । साथै देशका महत्वपूर्ण आधारस्तम्भहरु अनि ठूला–ठूला परियोजनाहरु तथा गौरवशाली आयोजनाहरु लगायत विशाल पूल, बाँध, हाइड्रोपावर, धावनमार्ग देखि हाउजिङ्ग कम्पनीहरुमा समेत सर्वाेत्तम सिमेन्ट पहिलो रोजाइमा पर्दै उपयोग हुँदै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved