केपीको कर्तूत : गुणस्तरहीन सिमेन्टमा सेनासमेत झुक्कियो, भवन भत्काइयो तर छैन क्षतिपूर्ति

निरोज कुमार थापा

निरोज कुमार थापा

Sep 02, 2022 | 10:39:21 AM मा प्रकाशित

laxmi  sunrise bank

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकास्थित भकुण्डेवेशीमा रहेको नेपाली सेनाको २६ नम्बर बाहिनीले ब्यारेकभित्र सैनिक आवासीय भवन बनाउन गत आर्थिक वर्षमा (०७८/०७९/०१) ठेक्का आह्वान गर्यो । ठेकेदार कम्पनी ब्राइट–डायना जे.भी. कन्ट्रक्शनले ठेक्का पाए ।

उनीहरुले मिलेर काम गर्ने भनि सम्झौता गरे । सम्झौता अनुसार २०७९ असार मसान्त (आर्थिक वर्ष २०७८/०७९को अन्त्य) सम्म काम सक्नुपर्ने थियो ।

ठेकेदार कम्पनी ब्राइट–डायना जे.भी. कन्ट्रक्शनले सेनाको ब्यारेकभित्र उक्त आवासीय भवन बनाउन धादिङको नौबिसेस्थित प्लान्टबाट उत्पादित केपी सिमेन्ट प्रयोग गरेका थिए । निर्माण कम्पनीले ७५० बोरा केपी सिमेन्ट खरिद गरेर ५ लाख रुपैयाँ भूक्तानी पनि गरेका थिए ।

२०७८ चैत २९ गते २५० बोरा, चैत ३० गते २५० बोरा र २०७९ बैशाख १ गते २५० बोरा गरी केपी सिमेन्ट इन्ड्रस्टिज्बाट ठेकेदार पक्षले ५ लाखको सिमेन्ट गरेका थिए । उनीहरुले कुनै डिलर्स वा हार्डवायर पसलबाट उक्त परिमाणको सिमेन्ट खरिद गरको नभई सिँधै कम्पनीमा अर्डर गरेर खरिद गरेका थिए ।

तर, ७५० मध्ये २६५ बोरा सिमेन्ट प्रयोग भइसकेको र ४८५ बोरा सिमेन्ट बाँकी रहेको अवस्थामा कुनै सिमेन्टको बोरामा ग्रेड नै उल्लेख नभएको, कुनैमा ग्रेड मेटिएको, कुनैमा केरमेट गरिएको र कुनैमा ३३ ग्रेड मात्रै उल्लेख भएको भेटिएपछि ब्यारेकभित्र खैलाबैला मच्चियो ।

त्यसपछि तत्कालै (२०७९ बैशाख ७ गते) सेनानी पिताम्बर रेग्मीको अध्यक्षतामा बैठक बसी बाँकी रहेको ४८५ बोरा सिमेन्ट फिर्ता गर्ने निर्णय भयो । ठेकेदार पक्षको तर्फबाट पेटी ठेकेदार शिवजी बुढाथोकीले ४८५ बोरा सिमेन्ट केपी सिमेन्ट इन्डस्ट्रिज्का २ जना ड्राइभर महेश प्रसाद खनाल र दिपेन्द्र रम्तेललाई जिम्मा लगाए ।

सिमेन्ट फिर्ताको निर्णय भएको पत्र


के भन्यो सिमेन्ट कम्पनीले ?

सिमेन्ट उद्योगले मिति नै उल्लेख नगरी एउटा पत्र लेखेको भेटिएको छ । पत्रमा न निर्माण कम्पनीलाई सम्बोधन गरिएको छ, न सेनालाई सम्बोधन गरिएको छ ।

तर, प्रशासन प्रमुखको हस्ताक्षर भएको उक्त पत्रमा भूलबस त्यस्तो हुन गएको भन्दै क्षमा याचना भने गरिएको छ ।

पत्रमा कम्पनीले आफूहरुले प्रयोगशालामा परीक्षण गर्दा उक्त लटमा उत्पादन भएका सिमेन्ट ५३ ग्रेडभन्दा माथिको गुणस्तरका भएकाले ३३ ग्रेड छापिएका बोराहरु पूरानो स्टकबाट लोडिङ भई डिस्पाच (पठाइएको) भएको दाबी गरेको छ ।

सिमेन्ट उद्योगले लेखेको पत्र


...र त्यसपछि भवन भत्काइयो

सेनाले ठेकेदार पक्षसँग छलफल गरेर कम गुणस्तरका निर्माण सामग्री प्रयोग भएको भवन नबुझ्ने भनेर भवन पनि भत्काउनुपर्ने सर्त राख्यो । त्यसपछि सिमेन्ट कम्पनीका प्रतिनिधिको समेत उपस्थितमा भवन भत्काइयो ।

भवन भत्काउने बेलामा सिमेन्ट उद्योगका प्रतिनिधिले क्षतिपूर्ति दिने बचन दिएको तर हालसम्म कुनै उपलब्धि नभएको पेटी ठेकेदार शिवजी घिमिरे बताउँछन् ।

पहिलो तल्लाको स्ल्याब ढलानका लागि किनेको सिमेन्ट नै गुणस्तरहीन भएपछि भवन नै भत्काउनु पर्यो’ उनले भने, ‘जम्मा ८ सय बोरा जति सिमेन्ट जान्थ्यो होला ।’

उनले यो विषयमा निर्माण पक्षबाट सम्झौतादेखि सबै प्रक्रिया पूरा गरेका मुख्य व्यक्ति राजु चौधरी (उनको भाषामा राजु दाइ) लाई अझ बढी जानकारी हुने बताए । बिजपाटीले चौधरीलाई सम्पर्क गर्दा उनले फोन उठाएनन् ।

यसैबीच, सिमेन्ट उत्पादक संघका महासचिव समेत रहेका केशव उप्रेतीकै उद्योगले बदमासी गरेपछि उपभोक्ता हित संरक्षण मञ्चले यो विषय अदालतमा लैजाने भएको छ । मञ्चले उद्योग, उद्योगका मालिक उप्रेतीसहित सीईओ गौरव राणा र म्यानेजर योगेश न्यौपानेलाई विपक्षी बनाएर जिल्ला अदालतमा मुद्दा दर्ताको प्रक्रिया सुरु गरिसकेको छ ।

यस सम्बन्धमा उद्योगी उप्रेतीसँग कुरा गर्न खोज्दा उनीसँग सम्पर्क भएन ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved