लगानी बोर्डले स्वीकृत गरेका १० खर्बका ३३ परियोजनाको ताजा अवस्था के छ ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 11, 2022 | 06:02:24 PM मा प्रकाशित

laxmi sunrise bank

लगानी बोर्डले हालसम्म ३३ वटा ठूला परियोजनाको लगानी स्वीकृत गरेको छ । आज मुख्य उपलब्धि सार्वजनिक गर्दै बोर्डले उर्जातर्फ १९ र गैह्र उर्जातर्फ १४ ठूला परियोजनामा लगानी स्वीकृत गरिएको जनाएको हो । 

गैह्र उर्जातर्फका १४ मध्ये सहरी विकासको एक, औद्योगिक पूर्वाधारका ३, पर्यटनका २ र माइन्स एण्ड मिनरल्सका ७ परियोजना रहेका छन् ।

उर्जातर्फका परियोजनामा ७२ हजार ५७१ करोड, माइन्स एण्ड मिनरल्सतर्फ २१ हजार ५ करोड, सहरी विकासतर्फ ५६६ करोड, औद्योगिक पूर्वाधारतर्फ ८ हजार ५१२ करोड र पर्यटनतर्फ १३ सय ९८ करोड लगानी स्वीकृत गरिएको बोर्डले जनाएको छ ।

बोर्डले सार्वजनिक गरे अनुसार केही परियोजना सञ्चालनमा आइसकेका छन् भने केही सहजीकरणकै अवस्थामा छन् । 

लगानी बोर्डले स्वीकृत गरेका ३३ परियोजनाःपरियोजना कार्यान्वयाको अवस्थाः

Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved