२६ पटकसम्म म्याद थपेको थप्यै चम्पादेवी केवलकार : बन्ने टुंगो छैन, स्थानीय हैरान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 16, 2022 | 01:24:46 PM मा प्रकाशित

laxmi  sunrise bank

दक्षिणकाली नगरपालिका वडा नं १ को चाल्नाखेल, वोसनमा सञ्चालनमा ल्याउने भन्दै २०५७ साल कात्तिकमा दर्ता गरिएको चम्पादेवी केबलकारले विगत २१ वर्षदेखि ठाउँ मात्रै ओगटिरहेको छ, निर्माण कामसमेत हुन सकेको छैन ।

अहिलेसम्म कुनै भौतिक प्रगति नभएको यो केवलकार नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेश कुमार अग्रवालले निर्माण गर्न लागेका हुन् । चम्पादेवी इको फ्रेन्डली कम्पनी प्रालि नामबाट दर्ता भएको यो केवलकार आयोजना अहिलेसम्म २६ पटक नवीकरण भएर मात्र बसेको छ

उद्योग विभागले यही जेठमा २६ औं पटक नवीकरण गरिदिएको यो केवलकार कहिलेबाट सञ्चालनमा आउने हो भन्ने पत्तो न त स्थानीयले पाएका छन् न त सम्बन्धित सरकारी निकायहरूलाई नै थाहा छ ।

गत २०७६ सालमा अन्तिम पटकलाई भन्दै ६ महिनाका लागि २५ औं पटक म्याद थपिएको थियो । त्यतिबेला उद्योगमन्त्री लेखराज भट्ट र उद्योग विभागका महानिर्देशक जीवलाल भुसाल थिए । अन्तिम पटक ६ महिनाका लागि थपिएको म्याद गुज्रिएको २ वर्ष बितिसकेको छ ।

तर त्यो केवलकारको पुनः यही जेठमा २६ औं पटक म्याद थपियो । यतिबेला उद्योग मन्त्री दिलेन्द्र बडू छन् भने उद्योग विभागका महानिर्देशक रामचन्द्र तिवारी छन् ।

लाइसेन्स र ठाउँ मात्र ओगटेर बसेको केवलकारको काम शुरू नहुँदा पनि २६ औं पटक म्याद थप्ने निर्णय के आधारमा गरिएको हो, प्रश्न अनुत्तरित छ । म्याद थप भएपछि निर्माणको काम शुरू हुनुपर्ने कानूनी व्यवस्थाविपरित पटक-पटक म्याद थपिने गरिएको छ ।

केवलकारले हरेक पटक म्याद थप गर्ने समयमा तत्काल काम शुरू हुने  प्रतिबद्धता उद्योग विभागसँग गर्नेगर्छ । तर भौतिक काम भने आजसम्म शुरू भएको छैन । यस कम्पनीले केवलकारको लाइसेनस मात्रै होल्ड गरिरहेको छ

त्यसलाई विभागका महानिर्देशक तिवारीले साथ दिएका छन् । उनले विभागकै निर्णय उल्टाएर साथ दिनुमा शंका गर्नुपर्ने देखिएको विभागकै एक अधिकारी बताउँछन् ।

 उनी भन्छन्,‘विभागले गरेकै निर्णय उल्ट्याएर लाइसेन्स होल्ड गर्न दिने निर्णय गर्नुअघि एक पटक सोच्नुपर्ने थियो । लगानीकर्तालाई प्रवद्र्धन गर्नु, लगानीको वातावरण बनाउनु त विभागका सबै कर्मचारीको दायित्व नै हो तर यो भन्दा अघि किन यो निर्णय भएको थियो भन्ने कुरा चाहि विचार गरेको भए राम्रो हुने थियो ।'

उद्योग विभागले उक्त केबलकार परियोजना मात्र नभई औद्योगिक व्यवसाय ऐनविपरीत म्याद गुज्रिएका अन्य उद्योगलाई पनि म्याद थप गर्ने गरेको छ । उद्योग दर्ता गर्ने निकाय उद्योग विभागले ऐनभन्दा बातपाईं त्यहीं गएर हिर गएर दुई पटक म्याद गुज्रिएका उद्योगहरुको आवेदन लिन थालेको हो ।

चम्पादेवी केवलकारका सञ्चालक कमलेशकुमार अग्रवाल आफूहरू कानूनविपरित काम नगरेको दाबी गर्छन् । उनले बिजपाटीलाई भने, 'हामीले अदालतबाट क्लीन चीट लिएर काम गरिरहेका छौं । अहिले जग्गाको काम सकिएको छ । अनि बेस स्टेसनसम्म पुग्न बाटोघाटो निर्माणको काम पनि भइरहेको छ । काम नै नभएको भन्ने होइन ।'

उनले वातावरणीय प्रभाव मूल्यांकनको काम पनि चलिरहेको बताए । 'काम भएको छैन यसकारण गैर-कानूनी रूपमा म्याद थपियो भन्न मिल्दैन,' अग्रवालले भने, 'तपाईं त्यहीं गएर हेर्न सक्नुहुन्छ । काम धमाधम चलिरहेको छ ।'

यता उद्योग विभागका दर्ता तथा अनुमति शाखाका प्रमुख घनश्याम न्यौपानेले पनि राजपत्रमा प्रकाशित सूचना बमोजिम नै नवीकरण गरिएको दाबी गरेका छन् ।

'सामान्य उद्योग धन्दाको कुरा फरक हो, अनि लामो समय लाग्ने हाइड्रो र केबलकार जस्ता आयोजनाको कुरा फरक हुन्छ,' न्यौपानेले बिजपाटीसँग भने, 'राजपत्रमा प्रकाशित सूचनाका आधारमा योजनाको प्रकृति र कार्यप्रगति हेरेर म्याद थप गर्ने गरेका छौं । गैर-कानूनी रूपमा म्याद थप गर्ने कुरै हुँदैन ।'

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved