![laxmi sunrise bank](https://bizpati.com/../uploads/bannerads/610-4-1-GIF-Laxmi-sunrise-TVc_ 250x250px.gif)
सरकारले खाने तेलको कच्चा पदार्थ आयातमा भन्सार महशुल घटाएपछि तेलको भाउ घटेको छ । सूर्यमुखी, भटमास, तोरी लगायतको आयातमा बजेटमार्फट बढेको भन्सार महशुल केही दिन अघि घटाएपछि मूल्य पनि सस्तो भएको हो ।
प्रतिलिटर २९५ रुपैयाँ रहेको सूर्यमुखी तेलको मूल्य अहिले थोकमा २४५ रुपैयाँमा आइपुगेको छ । त्यस्तै, एक महिना अगाडीसम्म प्रतिलिटर २८० रुपैयाँ रहेको तोरीको तेलको मूल्य पनि अहिले २५० रुपैयाँमा झरेको छ ।
२९५ रुपैयाँ पर्ने भटमासको तेलको मूल्य अहिले २२० रुपैयाँसम्म आएको छ ।
भदौ २३ गते राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले पाम, सूर्यमुखी र भटमासको कच्चा तेल र दाना आयात गर्दा भन्सार महसुलमा ९० प्रतिशत छुट दिएको थियो ।