हवाइ सुरक्षा अडिटमा नेपालको ७० प्रतिशत अंक, युरोप उड्न पाउने पर्खाइमा नेपाली जहाज

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 19, 2022 | 12:10:19 PM मा प्रकाशित

laxmi  sunrise bank

नागरिक उड्ययन प्राधिकरणले नेपाल युरोप उडानका लागि सुरक्षा जोखिमबाट हट्ने प्रकृया तीव्र रूपले अघि बढेको जनाएको छ ।

दशैंलगत्तै हवाइ सुरक्षा अडिटका लागि युरोपेली युनियन एभियसन सेफ्टी एजेन्सी (इआसा)को प्राविधिक टोली नेपाल आएर 'अनसाइट' अडिट गर्ने र त्यसपछि नेपाललाई सुरक्षा जोखिमको सूचीबाट हटाउने प्रकृया शुरू हुने नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले बताए ।

'इआसाको टोलीले दशैं लगत्तै आउने पत्र हामीलाई पठाएको छ,' अधिकारीले बिजपाटीसँग भने, 'यसअघि २०१४ मा अडिटका लागि नेपाल आएको टोलीले त्यसयता अनसाइट भिजिट गरेको थिएन । यताबाट पठाएको प्रतिवेदनअनुसार उताबाट मूल्यांकन गर्ने गरिएको थियो ।'

अधिकारीका अनुसार उक्त अडिटमा वायुयोग्यता, व्यक्तिगत लाइसेन्सिङ, उडान सञ्चालन, नेभिगेसन सेवा, एरोड्रोम र ग्राउण्ड सहायता, दुर्घटना अनुसन्धानलगायत क्षेत्रमा अध्ययन गरेर निष्कर्ष राखिनेछ ।

अन्तर्राष्ट्रिय नागरिक उड्ययन संगठन (आइकाओ)ले सन् २०१५ देखि नेपाललाई कालोसूचीमा राख्दै आएको छ । आइकाओको पछिल्लो अडिटमा नेपालले ७० दशमलव १ प्रतिशत अंक पाएको थियो ।

अधिकारीले ६० प्रतिशत भन्दा बढी अंक ल्याएकाले नेपाल हवाइ सुरक्षा जोखिमको सूचीबाट हट्ने आशा रहेको बताए । आइकाओको टोली नेपाल नै आएर उक्त अडिट गरेको थियो ।

'दुर्घटना छानबिनका लागि स्वतन्त्र छानबिन आयोग बनाउनुपर्ने उनीहरूको थप माग छ,' अधिकारीले भने, 'स्वतन्त्र रूपमा छानबिन गर्ने कुनै निकाय गठन गर्न हामीलाई अप्ठेरो पनि छैन । यसका लागि पर्यटनमन्त्री सकारात्मक हुनुहुन्छ ।'

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved