उदयपुर सिमेन्ट उद्योग सञ्चालनको माग गर्दै उद्योगमन्त्रीलाई ध्यानाकर्षणपत्र

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 07, 2022 | 06:38:14 PM मा प्रकाशित

laxmi  sunrise bank

उदयपुर सिमेन्ट उद्योग सञ्चालनको माग गर्दै मजदुरहरुका ४ संगठनले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीलाई ध्यानाकर्षणपत्र पठाएका छन् । 

उद्योगमा क्रियाशिल ४ मजदुर संघठनले संयुक्त रुपमा सोमबार उद्योगमन्त्री दिलेन्द्रप्रसाद बडूलाई ध्यानाकर्षणपत्र पठाएका हुन् ।

समग्र ट्रेड युनियन, नेपाल कारखाना श्रमिक संघ, अखिल नेपाल औद्योगिक मजदुर संघ र औद्योगिक मजदुर संगठनले उद्योग मन्त्री बडूलाई हाल बन्द अवस्थामा रहेको उद्योग तत्काल सञ्चालनमा ल्याउन माग गरिएको छ । 

‘उद्योग पटक पटक बन्द हुँदै खुल्दै गरेको, क्लिंकर उत्पादन बन्द भएको र अवकाशमा गएका कर्मचारीले समेत सेवा सुविधा नपाएको अवस्था छ’ उनीहरुले पठाएको ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘उद्योगमा महाप्रबन्धकको उपस्थिति न्यून देखिएको, उद्योगका उच्च व्यवस्थापन अनुदार हुँदा उद्योग नै कमजोर हुँदै गएको छ ।’

उद्योगले दशैं पछि क्लिंकर उत्पादन गर्न सकेको छैन । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved