एसियन पेन्ट्सलाई ३ लाख जरिवाना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 19, 2022 | 07:21:19 PM मा प्रकाशित

laxmi  sunrise bank

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एसियन पेन्ट्सलाई ३ लाख रुपैयाँ जरिवाना तिराएको छ ।

गोदाम अनुगमनका क्रममा ३८ लाख १६ हजार ४२५ रुपैयाँ बराबरका म्याद नाघेको र रि–लेबलिङ गरिएका पेन्ट्सका डब्बा भेटिएपछि विभागले उपभोक्ता संरक्षण ऐन बमोजिम एसियन पेन्ट्सलाई ३ लाख जरिवाना गरेको हो ।

एसियन पेन्ट्सकै गोदाममा म्याद नाघेका पेन्ट्स राख्ने अभिक इम्पेक्सलाई पनि विभागले ३ लाख रुपैयाँ जरिवाना गरेको छ । 

कात्तिक १८ गते सतुंगल र बालकुमारीमा रहेको एसियन पेन्ट्सको गोदाम अनुगमनका क्रममा म्याद नाघेको र रि–लेबल गरिएको भेटिएको थियो । 

एसियन पेन्ट्सले १ करोड २० लाख ७१ हजार रुपैयाँ बराबरको पेन्ट्स नष्ट गर्ने प्रतिवद्धता जनाएको विभागले जनाएको छ । 

यसअघिः

एसियन पेन्ट्सको ठगी धन्दा

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved