हेटौँडा सिमेन्टको मूल्य घट्यो, अब प्रतिबोरा कति पर्छ ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 09, 2022 | 11:40:51 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारी स्वामित्वको हेटौँडा सिमेन्टले मूल्य घटाएको छ । बिक्री बढाउन भन्दै उद्योगले प्रतिबोरा ४० रुपैयाँ मूल्य घटाएको हो । 

सञ्चालन खर्च उठाउन नसकेर घाटामा चलिरहेको यो उद्योगले बिक्री बढाउन भन्दै मूल्य घटाएको हो । उद्योगका महाप्रबन्धक वसन्त पाण्डेका अनुसार निजी क्षेत्रका सिमेन्ट उद्योगहरुसँग गुणस्तरमा प्रतिस्पर्धी भएर पनि मूल्य महँगो हुँदा बिक्रि कम भएको निष्कर्षसहित मूल्य घटाइएको हो । 

निजी क्षेत्रको लगानी भएका सिमेन्ट उद्योगको उत्पादनको तुलनामा हेटौँडा सिमेन्टको मूल्य केही बढी भएकाले बिक्रि नबढेको उद्योगले निष्कर्ष निकालेको हो । 

उद्योगले यसअघि प्रतिबोरा (५० किलो) ७४७ रूपैयाँमा बिक्री गर्दै आएको सिमेन्टको मूल्य अब ४० रुपैयाँ घटेपछि प्रतिबोरा ७०७ रुपैयाँ पर्नेछ । तर, यसो गर्दा उत्पादन लागत भने उठ्ने छैन । हेटौँडा सिमेन्टको उत्पादन लागत प्रतिबोरा ९ सय रूपैयाँ देखाइएको छ । 

हेटौँडा सिमेन्ट उद्योगमा हाल करिब २ लाख बोरा सिमेन्ट मौज्दात छ ।

पुरानै प्रविधि र मेशिनरी औजारहरु प्रयोग गरेर सिमेन्ट उत्पादन गर्नुपरेकाले निजी उद्योगले उत्पादन गर्ने सिमेन्टको तुलनामा हेटौँडा सिमेन्टको उत्पादन लागत महँगो पर्न गएको महाप्रबन्धक पाण्डेको दाबी छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved