ठूला उद्योगमा लगानी गर्न मंसिरमा कुनै विदेशी आएनन्, बिजनेश भिसा चाहिँ २६६ जनाले कसरी पाए ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 04, 2023 | 11:39:50 AM मा प्रकाशित

laxmi  sunrise bank

मंसिरमा ठूला र मझौला उद्योग तथा परियोजनामा लगानीका लागि विदेशी लगानीकर्ताको एउटै लगानी स्वीकृत भएन । अर्थात्, नेपालमा ठूला र मझौला उद्योगमा लगानी गर्न मंसिर महिनामा कुनै पनि विदेशी लगानीकर्ता नै आएनन् । 

तर, विभिन्न १६ वटा साना उद्योगमा लगानी गर्नका लागि मंसिर महिनामा केही विदेशी लगानीकर्ताले प्रस्ताव गरेको लगानी भने स्वीकृत भएको छ । उद्योग विभागका अनुसार पर्यटनमूलक ८, सेवामूलक ६ र उत्पादनमूलक २ गरी १६ वटा उद्योगमा विदेशी लगानी स्वीकृत भएको छ । 

उर्जा मूलक, कृषि मूलक, खनिज मूलक, पूर्वाधार र सूचना प्रविधिको क्षेत्रमा मंसिर महिनामा कुनै पनि विदेशी लगानीको प्रतिवद्धता आएन ।

लगानी स्वीकृत भएका १६ साना उद्योगमा विदेशी लगानीकर्ताले ८४ करोड ९० लाख रुपैयाँ लगानी प्रस्ताव गरेका छन् । यी उद्योगबाट ६९४ जनाले रोजगारी पाउने बताइएको छ । 

यस्तै, उद्योग विभागले विदेशीलाई बिजनेश भिसामा कडाइ गरिएको जनाएको छ । प्रतिवद्धता अनुसार लगानी नभित्रिएपछि विभागले १ महिना अगाडीबाट बिजनेश भिसामा कडाइ गरेको हो ।

तर, मंसिर महिनामै २६६ जना विदेशी लगानीकर्ताले नेपालमा बस्नका लागि बिजनेश भिसाको सिफारिस पाएका छन् । बिजनेश भिसाको सिफारिस पाउनेहरु १६ वटा साना उद्योगमा लगानीको प्रतिवद्धता जनाएका व्यक्तिहरु भएको उद्योग विभागले जनाएको छ । 

यसबाहेक उनीहरुका १९ जना प्रतिनिधि र लगानीकर्तासँगै नेपालमा बस्ने गरी उनीहरुसँग आश्रित ४० जनाले पनि बिजनेश भिसाको सिफारिस पाएका छन् ।

योसँगै, हालसम्म ४ खर्ब ३१ अर्ब ७१ करोड ८७ लाख ५८ हजार ७०४ रुपैयाँ वैदेशिक लगानी स्वीकृत भएको छ । तर, स्वीकृत मध्ये मुस्किलले १० प्रतिशत मात्रै भित्रिएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved