व्यवसायीले भने 'तत्काल भारतबाट गहुँ नल्याए २० दिनपछि मैदा र आँटाको हाहाकार हुन सक्छ'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 26, 2023 | 03:36:11 PM मा प्रकाशित

laxmi  sunrise bank

व्यवसायीहरुले  नेपाली बजारमा मैदा तथा आँटाको चरम अभाव हुन थालेको बताएका छन् । भारत सरकारले २०७९ बैशाख ३० गतेदेखी गहुँ आयातमा लगाएको प्रतिबन्धका कारण बजारमा मैदा तथा आँटाको चरम अभाव भएको नेपाल मैदा उद्योग संघले जनाएको हो ।

संघका अनुसार कच्चा पदार्थको रुपमा मैदा÷आँटा चाहिने बिस्कुट, चाउचाउ, बेकरी, तन्दुुरी÷नान, भोजनालय, रेष्टुरेण्ट लगायत ठूला साना सबै होटललाई माग अनुसारको मैदा÷आँटा उद्योगले उपलब्ध गराउन सकिएको छैन ।  आम उपभोक्तालाई पनि माग अनुसारको मैदा तथा आँटा उपलब्ध गराउन नसकिएको संघले जनाएको छ। 

संघका महासचिव राधेश्याम अग्रवालले भारत सरकारको प्रतिबन्ध पश्चात मैदा उद्योगले बजारबाट महँगो मुल्यमा गहुं खरिद गरिरहेको हुँदा मैदा÷आँटाको मुल्य बढीरहेको बताए। यसले उपभोक्ता लगायत सबै क्षेत्रलाई प्रभाव परिरहेको जानकारी सरकारलाई संघले दिदै आएको उनले उल्लेख गरेका छन् । उनका अनुसार अहिले पछिल्लो समयमा बजारमा गहुँ नै छैन, जसको कारण देशभरिका ८० प्रतिशत मैदा उद्योगनै बन्द हुने अवस्थामा पुगेको छन् भने बांकी उद्योगहरु पनि एक हप्तामा पुर्ण बन्द हुने अवस्थामा छन्। मैदा उद्योगले बजारमा मैदा÷आँटा दिन सक्ने अवस्थानै नरहेकोले योे विषम परिस्थितिबाट केही हद सम्म राहत पाउन तोकीएको कोटा तुरुन्त पाउनु पर्ने उनले बताए। 

उनी भन्छन् 'मैदा उद्योग कृषिमा आधारित उद्योग मध्ये नेपालमा आत्मनिर्भर भईसकेको उद्योग हो । गहुँ को अभावमा मैदा÷आँटाको अभाव सिर्जना भएकोले नेपाल सरकार संग संघको बिनम्र अनुरोध छ, भारत सरकारसंग कुरा गरी चाडो भन्दा चांडो थप गहुँ उपलब्ध गराई दिन अनुरोध छ । अहिले प्राप्त पचास हजार मेट्रिक टन गहुँ सबै मैदा मिलले मिलिङ गर्न पाउदा पनि हाराहारी २० दिनलाई पुग्छ त्यस पश्चात फेरी हाहाकार मच्चिन सक्छ । नेपालमा गहुँको सिजन आउन अझ ३ महिना बाँकि छ । '

भारत सरकारले दिने भनेको पचासहजार मेट्रिक टन गहुँ तुरुन्त मगाउनु पर्ने संघका महासचिव अग्रवालले बताए । बाँकि ३ महिनाको लागि ३८ वटा उद्योगको लागि लगभग २ लाख मेट्रिकटन गहुँ आवश्यक पर्ने उनको भनाई छ। गहुँ उपलब्ध भएमा यहांका उद्योग चल्ने र सबै क्षेत्रलाई फाईदा पुग्ने हुंदा मैदा आयातको सट्टा गहुँ आयात गर्न तुरुन्त प्रक्रिया अगाडी बढाई दिन समेत उनले सरकार समक्ष आग्रह गरेका छन् ।   


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved