गहुँको आयात खुल्ने, स्टार्ट अप नीति पनि चाँडै आउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 30, 2023 | 05:55:53 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डलले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग उद्योग व्यवसाय प्रवद्र्धनका विषयमा छलफल गरेको छ ।

महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको महासंघको पदाधिकारी सम्मिलित प्रतिनिधिमण्डल र उद्योग मन्त्रीबीच सम्पन्न भेटवार्तामा अध्यक्ष गोल्छाले अस्थिर ब्याजदरका कारण व्यवसायी प्रताडित हुनुु परेको बताएका छन् । 

इन्धनको मुल्य समायोजन हुन नसक्दा लागत बढ्न गई मुद्रास्फितिमा समेत चाप परेको अध्यक्ष गोल्छाको भनाई छ । 

उद्योगहरुमा अघोषित लोडसेडिंगका कारण उत्पादन थप प्रभावित बनेको, बजारमा उधारोको समस्या विकराल बन्दै गएको अवस्थामा उधारो उठाउने सम्बन्धि कानुन यथाशीघ्र ल्याउनुु पर्नेमा गोल्छाले जोड दिए ।

कोभिड यता लगानी हुन नसकेका कारण आगामी केहि वर्ष अर्थतन्त्रमा समस्या कायम रहने पनि अध्यक्ष गोल्छाले दाबी गरे ।

भेटवार्तामा राष्ट्रिय आर्थिक रुपान्तरण नेट २०३० कार्यान्वयन बारे गत साउनमा महासंघ र सरकारबीच समझदारी भएकाले यसको निरन्तरता र सहकार्यका लागि आग्रह पनि गरेका छन् । महासंघको पहलमा तयार भएको स्टार्ट अप नीतिका सम्बन्धमा अन्तिम छलफल गरि पारित गर्न समेत अनुरोध गरेका छन् । 

मन्त्री भण्डारीले स्टार्ट अप नीति अन्तिम चरणमा पुगेको र छिट्टै पारित हुने आश्वासन दिए । 

महासंघले प्रधानमन्त्रीको आसन्न भारत भ्रमणका क्रममा दिल्लीमा नेपाल भारत लगानी सम्मेलन आयोजना गर्ने र त्यसमा भारतस्थित महासंघको साझेदार संस्था सिआईआई सह–आयोजक रहने कार्यक्रम रहेकाले यसमा मन्त्रालयका तर्फबाट आवश्यक समन्वय गरिदिन समेत आग्रह गरिएको छ ।

भेटवार्तामा भारतले अहिले गहुं आयात रोक्दा नेपाली मैदा मिलहरु समस्यामा परेकाले यसको निराकरणका लागि सरकारबाट यथाशीघ्र पहल हुनुपर्नेमा जोड दिइएको छ । यसबारे भारतसंग छलफल भैसकेको र तत्काल गहुँको आयात खुल्ने मन्त्री भण्डारीले जानकारी दिए । 

नेपालबाट भारत निर्यात गर्दा जारि हुने उत्पत्तिको प्रमाणपत्रको अनलाइन प्रक्रियालाई भारतले मान्यता नदिएकाले यसमा सहयोग गर्न समेत महासंघकातर्फबाट सुुझाव दिइएको छ । 

मन्त्री भण्डारीले वन्द हडताल एवं लोडसेडिंगका कारण उत्पादन वन्द हुने अवस्था आउन नदिन मन्त्रालयले विशेष पहल गर्ने आश्वासन पनि दिए । यसैगरि बजेटको मध्यावधि समिक्षामार्पmत सरकारको खर्च बढाउन विशेष योजना सार्वजनिक गरिने पनि उनको भनाई छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved