अल्फा प्लस भेन्चर्स लिमिटेडले पुर्वाञ्चल ल्यूव आयल लिमिटेडमा लगानी गर्ने भएको छ । विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ बमोजिम अनुमतीपत्र प्राप्त अल्फा प्लस भेन्चर्स लिमिटेडले सुन्दरहरैचा ०९, मोरङ्ग, बिराटचोकमा रजिष्टर्ड कार्यालय रहेको पुर्वाञ्चल ल्यूव आयल लिमिटेडमा लगानी गर्नको लागि बुधबार सम्झौता गरेको हो ।
सम्झौतामा पुर्वाञ्चल ल्यूव आयल लिमिटेडको तर्फबाट प्रबन्ध संचालक भोलेश्वर दुलाल र अल्फा प्लस भेन्चर्स लिमिटेडको तर्फबाट प्रबन्ध संचालक अंगिश घिमिरेले हस्ताक्षर गरेका छन् ।
अल्फा प्लस भेन्चर्स लिमिटेडको लगानी पश्चात पुर्वाञ्चल ल्यूव आयल लिमिटेडमा नँया ल्युबरिकेन्टको उत्पादन तथा विकास भई नेपाली बजारभर पीएलओ ब्राण्डका ल्युबरिकेन्टहरुको उल्लेख्य मात्रामा बिक्री वितरण हुने कम्पनीका प्रबन्ध संचालक भोलेश्वर दुलालले बताए । उनले यस अलगानीबाट कम्पनीको सम्रग व्यापारिक तथा कार्यसंचालनको क्षमतामा समेत अभिबृद्धि भई कम्पनीले आफनो वित्तिय योजनामा समेत प्रभावकारी ढंगले अगाडी बढाउन सकी बिदेशबाट विभिन्न ब्राण्डको आयातीत ल्यु्रबीकेन्टलाई प्रतिष्थापन गर्दे नेपाली कम्पनीबाट उत्पादन तथा विकास गरेको ल्युबरिकेन्टलाई प्रोत्साहन हुने विश्वास व्यक्त गरेका छन्।
पुर्वाञ्चल ल्यूव आयल लिमिटेडले बुधबार नै आईपिओ निष्काशन गर्नको लागि प्रभु क्यापिटलको बिक्रि प्रबन्धक चयन गरेको छ । कम्पनीले प्रभु क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेको हो । कम्पनीले सर्वसाधारणलाई ५ लाख कित्ता शेयर जारी गर्न लागेको हो ।
सुन्दरहरैचा ०९, मोरङ्ग, बिराटचोकमा रजिष्टर्ड कार्यालय रहेको पुर्वाञ्चल ल्यूव आयल लिमिटेडले विगत २३ बर्षदेखि आफनो उत्पादन तथा बिक्री बितरण गर्दै आएको छ । कम्पनीका अनुसार हाल नेपाल र ९३ भन्दा बढी डिलर र ११,००० भन्दा बढी खुद्रा व्यापारी रहेका छन् । बिदेशबाट विभिन्न ब्राण्डको आयातीत ल्युबरिकेन्टलाई प्रतिष्थापन गर्दे नेपालको हाल एक अग्रणी ल्युबरिकेन्ट कम्पनी बन्न सफल भएको र विभिन्न प्रकारका PLO ब्राण्डको ल्युबरिकेन्ट उत्पादन, बिक्री वितरण गरिरहेको कम्पनीले जनाएको छ ।